हट प्यान्टले हंगामा

बिहिबार, १३ पुष २०७४, १२ : ३५ शुक्रवार
हट प्यान्टले हंगामा

चिसोको मध्यदिनमा आधा नग्न भएर हिँडडुल गरेकी एक महिलाले हंगामा मच्चाएकी छन् । उनको यस्तो हर्कतकै कारण प्रहरीले उनलाई रोकटोक गर्नु समेत परेको छ । एबी क्रफोर्ड नामकी २५ वर्षे महिलाले हिँउदे मौसममा निकै छोटो हट प्यान्ट लगाएर हंगामा मच्चाएसँगै भाइरल भएकी हुन् । छोटा पहिरनमा खुलमखुला हिँडेकी एबीका हट फोटोहरु एक मानिसले खिचिदिएपछि उनको समाचार बाहिरिएको हो ।

यसबारे बोल्दै एबी भन्छिन्, ‘मानिसहरु मैले छोटो लुगा लगाएको भनेर हंगामा मच्चाउँदै आइरहेका छन् । मैले कसैलाई आकर्षित गर्नुपर्यो कि  यस्तै पहिरनमा सजिएर हिँड्ने गरेकी छु ।’ आफ्नो हट प्यान्टले हंगामा मच्चाउँदा एबी भने निकै दंगदास छिन् । भन्छिन्, ‘म गीत सुन्दै हिँडिरहेकी हुँदा कसैलाई ध्यान दिन पाइनँ ।’ बाटोमा बेपर्वाह हिँडेकी उनलाई एक साथीले तस्बिर देखाउँदा मात्रै आफ्नो फोटो भाइरल भएको थाहा पाएको बताउँछिन् । एबीलाई हट अवतारमा खुलमखुला हिँडेको देखेर प्रहरीहरुले उनलाई पक्राउ गरि आइन्दा छोटा लुगा लगाएर सार्वजनिकस्थलमा नहिँड्न अनुरोध गरेको छ ।

Leave A Comment