प्रिया बन्दै अदिती

शनिबार, १५ पुष २०७४, १२ : ५४ शुक्रवार
प्रिया बन्दै अदिती

राजकुमार हिरानीको सञ्जय दत्तको आगामी बायोपिक सुटिङ नहुँदैदेखि समाचारहरुमा अग्रस्थानमा आइरहेको थियो । फिल्ममा सञ्जय दत्तका रुपमा रणविर कपुर देखा पर्नेछन् । रणविरसँगै अन्य कलाकारको चरित्रबारे पनि खुलासा भइसकेको छ । तर सञ्जय दत्तकी बहिनी प्रिया दत्तको भूमिका कसले निभाउनेछ भन्ने बारे आधिकारिक विवरण भने आइसकेको थिएन ।

पछिल्ला खबरहरुलाई मान्ने हो भने दक्षिण भारतिय बाला अदिती सेयालाई प्रियाका रुपमा प्रस्तुतत गरिने निर्देशक हिरानीले जानकारी दिएका छन् । यस बायोपिकमा प्रतिभाशाली कलाकार परेश रावललाई सञ्जयका बुबा सुनिल र मनिषा कोइरालालाई आमा नर्गिसका रुपमा देख्न पाइनेछ । फिल्ममा अनुष्का शर्मा र सोनम कपुर समेत महत्वपूर्ण भूमिकामा प्रस्तुत हुनेछन् ।

Leave A Comment