ऋचालाई बिरालो उपहार

शनिबार, १५ पुष २०७४, १२ : ५७ शुक्रवार
ऋचालाई बिरालो उपहार

बलिउडकी प्रतिभाशाली अभिनेत्री ऋचा चड्ढाले यो वर्ष धुमधाम सहित जन्मदिन मनाइन् । करियर उभो लाग्दै गर्दा उनी आजभोली अभिनेता अलि फाजलसँग प्रेमालाप गर्दै आइरहेकी छन् । ऋचाले केही दिनअघि जन्मदिनमा ब्रान्डेड कार खरिद गरेकी छन् । तर त्यो उनको जन्मदिनको उपहार थिएन । पशु प्रेमी ऋचालाई बिराला एकदमै मनपर्छ ।

उनीसँग पहिले नै कम्ली नामको बिरालो थियो । जन्मदिनमा भने प्रेमी अलिले अर्को बिरालो उपहार दिएका छन् । अलिले दिएको बिरालोलाई उनले जुग्नी नाम दिएकी छन् । ऋचाको बिरालो प्रेमबारे बोल्दै अलि भन्छन्, ‘ऋचाको बिरालो प्रेम सबैलाई थाहा भएको कुराहो । मैले उनलाई दिएको बिरालोलाई घर चाहिएको थियो । संयोगले उनको जन्मदिन परेको हुँदा त्यो नै असल उपहार हुने भन्दै उनलाई दिएको हुँ । अरु बजारु उपहारजस्तो खरिद गरेर दिएको उपहार भने हैन त्यो ।’

Leave A Comment