कपाल कालो बनाउने तरिका

शनिबार, १५ पुष २०७४, ०२ : २४ शुक्रवार
कपाल कालो बनाउने तरिका

—अमलामा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । यो स्वास्थ्यका लागि उपयोगीका साथै कपालका लागि पनि अति उपयोगी हुन्छ । यसको नियमित प्रयोगले सेतो कपालको समस्या समाधानमा सहयोग गर्छ । अमलामा मेहन्दी मिसाएर यसको घोललाई कपालमा लगाउनाले कन्डिसनिङको काम गर्छ । अमलालाई काटेर तातो नरिवलको तेलमा मिसाएर पनि लगाउन सकिन्छ ।
—मरिचको प्रयोगले कपाललाई सिल्की गराउँछ । यसको प्रयोग गर्नाले सेतो हुन आँटेको कपाल पुनः कालो हुन्छ । यसका लागि मरिचका दाना पानीमा उमाल्ने र त्यो पानी नुहाएको कपालमा हाल्ने । नियमित प्रयोग गर्नाले कपाल कालो हुँदै जान्छ ।
—कफी र चियापत्तीको प्रयोगले कपाललाई कालो बनाउँछ । सेतो भइसकेको कपाललाई चियापत्ती र कफीको घोलले धुने हो भने कपाल पुनः कालो हुन्छ । यसको प्रयोग नियमितरूपमा दिनको दुईपटक गर्न सकिन्छ ।
—घ्यूकुमारीकोे जेल बनाएर कपालमा लगाउनाले कपाल झर्न रोकिनुका साथै सेतो हुन आँटेको कपाल कालो हुन्छ । यसका लागि घ्यूकुमारीको जेलमा कागतीको रस मिसाएर पेष्ट बनाउनुपर्छ र कपालमा लगाउनुपर्छ ।
—दहीको प्रयोगले सेतो कपाललाई प्राकृतिक रूपमै कालोमा परिवर्तन गरिदिन्छ । यसका लागि हिना र दहीलाई बराबर मात्रामा मिसाएर पेष्ट बनाउनुहोस् र यसलाई लगाउनुहोस् । यो घरेलु उपचार हप्तामा एकपटक गर्न सकिन्छ ।

Leave A Comment