यी सात खानेकुरा खानाले आफैं घट्छ पेटको बोसो

शनिबार, १५ पुष २०७४, ०३ : ०१ शुक्रवार
यी सात खानेकुरा खानाले आफैं घट्छ पेटको बोसो

लसुन एक प्राकृतिक एन्टी बायोटिक औषधि हो । यसले सुगरलाई नियन्त्रित गर्ने काम गर्छ । लसुनले शरीरमा ती हर्मोनलाई सक्रिय गर्ने काम गर्छ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस् ।
—ग्रीन टीमा ‘क्याटेचिन्स’ नामक यौगिक तत्व पाइन्छ जसले शरीरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्छ अनि हाम्रो पेटलाई बढ्न दिँदैन ।
—यदि फास्ट फूड खाने लत नै बसिसकेको छ र त्यसलाई त्याग्न खोज्दै हुनुहुन्छ भने आजैदेखि केरा खान सुरु गर्नुहोस् । यसमा प्रशस्त मात्रामा पोटासियम पाइन्छ । यसले फास्ट फूडको लतलाई कम गर्छ र तौल कम गर्न सहयोग गर्छ ।

—एक कप मनतातो पानीमा पुदिनाका केही पात हाल्नुहोस् । तपाईं चाहनुहुन्छ भने यसमा केही मह पनि मिसाउन सक्नुहुन्छ । अनि यसको प्रयोग गर्नुहोस्, यसको प्रयोगले पेटको बोसो कम गर्न निकै प्रभावकारी भूमिका हुन्छ ।
—यदि तपाईंसँग तौल घटाउनका लागि धेरै दिन छैन भने दालचिनीको प्रयोग गर्दा तौल घटाउन समय थोरै लाग्छ । बिहानको नास्ताभन्दा पहिले र सुत्नुभन्दा पहिले यसको प्रयोग गर्न सक्नुहुन्छ । एक कप पानीमा एक चम्चा दालचिनी पाउडर मिसाउनुहोस् । यो पेयलाई दैनिक दुईपटक पिउँदा केही दिनमै असर देखिनेछ ।
—यदि नियमित रूपमा तपाईं स्याउ खानुहुन्छ भने आफ्नो बढिरहेको बोसोलाई  घटाउन सक्नुहुन्छ । स्याउमा पोटासियम हुन्छ जसले धेरैबेरसम्म भोक लागेको महसुस हुँदैन अनि तौल कम गर्न मद्दत गर्छ ।
—तोफु, पालुङ्गो, चिज, ओखर, अण्डा लगायतमा ओमेगा थ्री तत्व पाइन्छ । यसले शरीरमा जमेको अतिरिक्त बोसोलाई हटाउन सहयोग गर्छ ।

Leave A Comment