बलबहादुरको ‘यसपाली त बिहे गर्ने हो ’

बिहिबार, २० पुष २०७४, ०२ : ३२ शुक्रवार
बलबहादुरको ‘यसपाली त बिहे गर्ने हो ’

राजवंशी भाषाका स्टार भनेर चिनिएका बलबहादुर राजवंशीले पछिल्लो समय नेपाली गीत गाएर बजारमा ल्याएका छन् । दुई सयको हाराहारीमा राजवंशी भाषाका गीत गाएर चर्चा कमाएका बलबहादुरले ‘यसपाली त बिहे गर्ने हो ’ गीतको म्यूजिक भिडियो बजार ल्याएका हुन् । डेढ सय हाराहारीको राजवंशी गीत गाएका बलबहादुरले पछिल्लो समय नेपाली गीत पनि गाउन थालेका हुन् ।

उनले हालै बजारमा ल्याएको ‘यसपाली त बिहे गर्ने हो’ गीतलाई हरि लम्सालले संगीत दिएका छन् भने राजुबाबु श्रेष्ठको शब्द रहेको छ । राजवंशी भाषाको गीत गाएका उनले नेपाली भाषाको गीत गाउन रहर लागेको बताए । गीतको म्यूजिक भिडियोमा एलिसा राई र  भीमफेदी गाईजले फिचरिङ गरेका छन् । बलबहादुरले यो भन्दा अघि हरि लम्सालको संगीत र शशि सारमा मजगैयाको शब्दमा ‘ तिमीले त अन्तै मुटु साट्यौ भन्ने सुनेको छु’ बोलको गीत बजारमा ल्याएका थिए । जुन गीतले श्रोता दर्शकमाझ अत्यन्त लोकप्रियता कमाएको थियो ।

विशालको ‘जुनीजुनी’
अँग्रेजी नयाँ वर्ष २०१८ को अवसर पारेर गायक विशाल निरौलाले आफ्नो नयाँ पप गीत ‘जुनीजुनी’ सार्वजनिक गरेका छन् । स्वरमा उनलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । गीतमा विशालकै शब्द र संगीत छ । ज्ञानेन्द्र शर्माको छायांकन र निर्देशन रहेको गीतको भिडियोमा मोडलद्धय कृष्टिना थापा र अस्मिक लम्साल फिचरिङ छन् । भिडियामा उनीहरुको प्रेम कथालाई रोचक ढंगले प्रस्तुत गर्न खोजिएको छ । भिडियो सम्पादन प्रविण भट्टले गरेका छन् । विशालले यसअघि ‘मेरी माया’ र ‘पार्टी सङ’ बोलको गीत बजारमा ल्याएका थिए ।

सागरको ‘सानो सानो मेरो सपना’
गायक सागर धिमालले आफ्नो नयाँ गीत ‘सानो सानो मेरो सपना’ बजारमा ल्याएका छन् । गीतमा शब्द र संगीत पनि सागर स्वयम्को छ । गीतको म्यूजिक एरेन्ज सन्जिव बराईलीले गरेका हुन् । गीतमा जिएफएक्स÷सम्पादन विवेक विकेको छ । बुढासुब्बा म्यूजिकले गीत बजारमा ल्याएको हो  ।

महेशको ‘फेवातालैमा’
गायक महेश शिल्पकारको नयाँ गीत ‘फेवातालैमा’ बजारमा आएको छ । गीतमा कृष्णभक्त महर्जनको शब्द तथा संगीत छ । महर्जन तबला बादक पनि हुन् । गायक महेशले यो गीतको भिडियो पनि तयार पारेका छन् । दीपक कार्की र निभा अधिकारीले फिचरिङ भिडियोमा सुमन लामाको सम्पादन र निर्देशन छ । भिडियो फेवाताल र पोखरा आसपासका ठाउँमा खिचिएको हो । महेशले सन् २००८ मा एकल गीती एल्बम ‘आह्वान’ बजारमा ल्याएका थिए । यो बाहेक उनको ‘भ्वाइस अफ हङकङ’ र ‘आदिवासी एल्बम’ प्रकाशित छन् ।

Leave A Comment