बुई चढेर निर्देशक

शनिबार, २२ पुष २०७४, १२ : २१ शुक्रवार
बुई चढेर निर्देशक

यस्तो लाग्छ, फिल्म निर्देशक बन्नु नेपालमा सबैभन्दा सजिलो काम हो । यही सोचका कारण यस्ता यस्ता मानिस निर्देशक बनेका छन्– जसलाई न बेलामा एक्सन भन्न आउँछ न कट । यस्तै निर्देशकको भीडमा उभिने तयारीमा छन्, साहित्यकार कुमार नगरकोटी । अघिल्लो हप्तामात्र उनको निर्देशनमा बन्ने गरी ‘ज्ञ’ शीर्षकको फिल्म घोषणा गरिएको छ जसलाई ‘लालपूर्जा’ बनाउने कम्पनी नेगेटिभ बुद्धले बनाउने छ ।

नगरकोटीले साहित्यकारका रुपमा पनि औसत सफलता पाएका छन् । केही पत्रकारको सिन्डिकेटभित्र परेर वाहवाही पाउने गरे पनि उनका कृतिले सोही अनुरुपको स्वागत पाठकबाट पाउन सकेका छैनन् । यसका बाबजुद नगरकोटी फिल्मका राम्रा दर्शक हुन् यसमा शंका छैन । तर, फिल्म हेर्नु र मैदानमा उत्रिएर फिल्म निर्देशन गर्नु फरक कुरा हुन् । अझ फिल्मको सहनिर्देशन निगम श्रेष्ठले गर्ने कुरा छ । एक त निगम श्रेष्ठकै निर्देशन करिअर डामाडोल छ, त्यसमाथि नगरकोटीकै सहलेखन रहेको ‘लालपूर्जा’ ट्रेलर, भक्कु गाली खाने फिल्मभित्र परेको छ । यस्तोमा निगमकै बुई चढेर निर्देशक बन्न लागेका नगरकोटीले  कस्तो फिल्म बनाउलान् ?

Leave A Comment