सन्ध्यालाई दोहोरो झट्का

शनिबार, २२ पुष २०७४, १२ : २३ शुक्रवार
सन्ध्यालाई दोहोरो झट्का

भिजेबाट हिरोइन बनेकी सन्ध्यालाई पहिलो झट्का त्यतिबेला लागेको थियो, जतिबेलामा ‘ड्रिम्स’ हिट हुँदाको क्रेडिट उनको भागमा परेन । ठूलै भूमिकाको आसमा फिल्म गरेकी उनले फिल्म रिलिजपछि भूमिका चित्त नबुझेपछि आफूले अतिथि भूमिका निर्वाह गरेको बताएकी थिइन् । त्यसयता उनले ‘कमलेको बिहे’, ‘कथा काठमान्डु’ र ‘ह्याप्पी न्यु इयर’मा काम गरिन् । तीन फिल्ममध्ये ‘ह्याप्पी न्यु इयर’ रिलिजका हिसाबले सन्ध्याको पहिलो फिल्म थियो । फिल्म अस्ट्रेलियाको रमणीय स्थानमा सुटिङ भएको थियो, क्यानभास ठिकै देखिन्थ्यो तर फिल्मले अंग्रेजी नयाँ वर्षको दिन पनि दर्शक पाएन ।

देशका मुख्य सहरमा कन्सर्ट गर्दै प्रचार प्रसार गरेको फिल्म हेर्न हलसम्म जाने दर्शकले कष्ट नै गरेनन् । जबकि फिल्मका निर्माता तथा अभिनेता कुसल थापाले फिल्मको हाइप बढाउन आफ्नै गृहनगर पोखरामा ६ जना बडीगार्ड राखेर सडक कन्सर्ट गरेका थिए ।

सन्ध्याका अब दुई फिल्म रिलिज हुन बाँकी छन् । यदि ती दुई फिल्मले पनि र ‘ह्याप्पी न्यु इयर’कै नियति भोगे भने सन्ध्यासामु एउटै विकल्प बाँकी रहनेछ, हिरोइन बन्ने रहर त्याग्ने र भिजेवाला करिअरमा आफूलाई फोकस गर्ने ।

Leave A Comment