अपमानित करिश्मा

आइतबार, ०२ साउन २०७३, ०१ : ४८ शुक्रवार , Kathmandu
अपमानित करिश्मा

बलिउड अभिनेत्री करिश्मा कपुरले गत साता लन्डनमा लाजमर्दो अवस्था बेहोर्नुप¥यो । यद्यपि, आफ्नो कारणले उनले त्यस्तो अवस्था भोग्नुपरेको होइन । टुंगोमा पु¥याइसकेको सम्बन्धले उनलाई त्यस्तो असहज अवस्थाको सामना गराएको हो ।
करिश्माले पूर्वपति सञ्जय कपुरसँग सम्बन्ध विच्छेद गरिसकेकी छिन् । केही महिनाअघि उनीहरूको छोडपत्रको कानुनी प्रक्रिया सबै समाप्त भइसकेको छ । केही समयअघि उनी तथाकथित नयाँ प्रेमी सन्दिप तोषनीवालसँग लन्डनको एउटा रेस्टुरेन्टमा खाना खाइरहेकी थिइन् । संयोगले रेस्टुरेन्टमा त्यतिबेला उनका पूर्वपति सञ्जय पनि थिए । आफ्नी पूर्वपत्नीले अर्कै युवकसँग डिनर गरेको देखेपछि रिसले चुर भएका उनले रेस्टुरेन्टमा चिच्याउँदै करिश्मालाई तथानाम गाली गरेका थिए । यस्तो अवस्थामा करिश्माले असहज त महसुस गर्ने नै भइन् ।

 

 

Leave A Comment