रानीमहलमा वर्षा

बिहिबार, १८ माघ २०७४, ०३ : ५५ शुक्रवार
रानीमहलमा वर्षा

अभिनेत्री वर्षा सिवाकोटी नयाँ फिल्म ‘रानीमहल’का लागि अनुबन्धित भएकी छन् । उनीसँगै दुई अभिनेता र एक अभिनेत्रीले समेत सोही फिल्ममार्फत डेब्यु गर्दैछन् । रानीमहलमा वर्षासँगै नव अभिनेताहरु आशीष अधिकारी, साहिल श्रेष्ठ देखिनेछन् । रानीमहलमार्फत नै मानस्वी खरेलले समेत आफ्नो फिल्मी यात्रा सुरु गर्दैछन् । 

हिमाल न्यौपानेले निर्देशन गर्ने सो फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको निर्माणपक्षले जानकारी दिएको छ । माघ तेस्रो साताबाट फिल्म युनिट छायांकनमा खटिनेछ । फिल्ममा प्रशान्त ताम्राकार, नीर शाह, बिएस राना, केशव भट्टराई, युनिता खत्री, वासु खनाललगायतका कलाकारसमेत अनुबन्धित भइसकेका छन् । 
 

Leave A Comment