दर्शकलाई गर्लफ्रेन्ड सरप्राइज

बिहिबार, १८ माघ २०७४, ०४ : ११ शुक्रवार
दर्शकलाई गर्लफ्रेन्ड सरप्राइज

सलिनमान बानियाँ डेब्यु फिल्म ‘ए मेरो हजुर २’बाटै स्टार भए । पहिलो फिल्मले मालामाल व्यापार गरेपछि निर्माताको नजरमा पर्ने नै भए । त्यसैले सलिनलाई दिनहुँ नयाँ नयाँ निर्माताले फिल्म खेल्नका लागि अप्रोच गरिरहेको अनुमान लगाउन सकिन्छ । यता निर्माता मात्र होइन, दर्शक पनि उनलाई दोस्रो फिल्ममा हेर्न आतुर छन् ।

सलिनले दोस्रो फिल्मका लागि कसलाई पत्याउलान् भन्ने अनुमान चलिरहँदा उनले फिल्म हैन गर्लफ्रेन्ड सार्वजनिक गरेका छन् । सलिनले गर्लफ्रेन्डको जन्मदिनमा ग्रान्ड सेलिब्रेसन गर्दै उनकी प्रेमिकालाई औपचारिक रुपमै सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका हुन् ।

Leave A Comment