अर्जुन कुमारलाई प्रियंकाको इग्नोर

शुक्रबार, १९ माघ २०७४, ०२ : ५६ शुक्रवार
अर्जुन कुमारलाई प्रियंकाको इग्नोर

निर्माता अर्जुन कुमारलाई फिल्म ‘फाटेको जुत्ता’को प्रचार प्रसारमा समय नदिएको भन्दै आइन्दा प्रियंका कार्कीसँग कहिलै काम नगर्ने घोषणा गरेका थिए । योसँगै उनले ‘फाटेको जुत्ता’को सिक्वेल बनाउने र त्यसमा पहिलो भागका सब कलाकार दोहोरिए पनि प्रियंकालाई रिप्लेस गर्ने बताएका थिए ।

त्यसयता दुबैलाई सार्वजनिक कार्यक्रममा सँगै देखिएको थिएन । तर, मंगलबार सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा भएको कामना फिल्म अवार्डमा दुबै आमने सामने त थिएनन् तर सिटको अघिपछि भने थिए । प्रियंका जुन सिटमा बसेकी थिइन् ठिक त्यही सिटको पछि अर्जुन कुमार बस्न पुगेका थिए । तर, कार्यक्रम अवधिभर न प्रियंकाले अर्जुनकुमारलाई देखेझैं गरिन् न त अर्जुन कुमारले नै बोलाउने कष्ट गरे । हुँदाहुँदा अर्जुन कुमारलाई प्रियंकाका प्रेमी आयुष्मान देशराज जोशीले पनि प्रियंका कै सिको गरे । अवार्डमा आयुष्मानले ढिलो इन्ट्री मारेका थिए । प्रियंकाले आयुष्मानलाई आफूसँगै राखेको सिटमा बोलाइन् ।

यो क्रममा आयुष्मानले पनि अर्जुनलाई देखे तर कुनै लोकाचार देखाएनन् । यसपछि भने अर्जुनलाई अप्ठ्यारो लागेछ सायद, उनी आफैं हलबाट बाहिरिए । रमाइलो कुरा के छ भने आयुष्मानलाई अर्जुन कुमारले नै ‘चपली हाइट २’मा डेब्यु गराएका थिए ।

Leave A Comment