कपालको पर्मानेन्ट सेटिङ

शुक्रबार, १९ माघ २०७४, ०५ : ४२ शुक्रवार
कपालको पर्मानेन्ट सेटिङ

जुनसुकै युवतीलाई सुन्दर हुन मन लाग्नु स्वाभाविकै हो । युवतीहरु सुन्दर देखिनमा कपालको ठूलो भूमिका हुन्छ । सबै युवतीले आफ्नो कपालको स्टाइल फरक–फरक बनाएका हुन्छन् । कुनै युवती एक किसिमको हेयर स्टाइलमा एक किसिमको देखिन्छन् भने अर्को किसिमको हेयर स्टाइलमा अर्कै देखिन्छन् । उनीहरुको क्रियाशीलता हेयर स्टाइलबाट पनि झल्किरहेको हुन्छ । त्यसैले सबै युवतीका लागि आफू सुन्दर देखिनुमा कपालको भूमिका ठूलो हुन्छ ।

स्थायी किसिमको कपालको स्टाइल बनाउनुलाई (परमानेन्ट सेटिङ) भनिन्छ । यस खालको सेटिङ गराइसकेपछि केही समय (७/८ महिनाका ) लागि आफ्नो इच्छाअनुसार सिल्की कपाललाई कर्ली र कर्ली कपाललाई सिल्की बनाउन सकिन्छ । कपालको स्टाइलले युवतीमा हुनुपर्ने सौन्दर्यलाई अझ बढाउँछ । ड्रायर, रोलरका साथै जेलको सहायताले परमानेन्ट सेटिङ बनाउन सकिन्छ । यस्तो सेटिङले पहिलेको भन्दा फरक किसिमको स्टाइल देखिन्छ । परमानेन्ट सेटिङ गर्न समय भने धेरै लाग्छ । परमानेन्ट सेटिङ गरिसकेपछि लामो समयसम्म जुन आकारमा (सेप) सेटिङ गरिएको हुन्छ, कपालको आकार त्यस्तै राखिरहन सक्यो भने परमानेन्ट सेटिङ राम्रो हुन्छ । परमानेन्ट सेटिङले युवतीलाई सुन्दर बनाउन भूमिका खेलेको हुन्छ ।

परमानेन्ट सेटिङ के हो त ?
लामो समयसम्म कपाललाई एउटै आकारमा राख्नु नै परमानेन्ट सेटिङ हो । परमानेन्ट सेटिङमा कर्ली कपाललाई स्टे«ट बनाउन र स्ट्रेट कपाललाई कर्ली आकारको कपाल बनाउन सकिन्छ । आफूलाई जहिलेसम्म कपाललाई जुन आकारमा राख्ने चाह्यो, त्यतिबेलासम्म त्यही आकारमा राख्न सकिन्छ । अनि जुन बेला यसको स्वरुप फेर्न मन लाग्यो, आकार परिवर्तन गर्न पनि सजिलै सकिन्छ । परमानेन्ट सेटिङमा समय कम लगाइयो, रोलर, हेयर ड्रायरको तरिका मिलेन भने कपाललाई हानि पुर्याउँछ । त्यसैले परमानेन्ट गर्दा राम्रोसँग ध्यान भने दिनुपर्छ ।

परमानेन्ट हेयर सेटिङको प्रक्रिया
कपालको सरसफाइमा जहिले पनि ध्यान दिनुपर्छ । अझ त्यसमा पनि परमानेन्ट सेटिङ गरिसकेपछि अझ धेरै सरसफाइमा ध्यान दिनुपर्छ । कपाल नुहाउँदा राम्रो खालको सेम्पू प्रयोग गर्नुपर्छ । नुहाइसकेपछि राम्रो खालको तेल लगाउनुपर्छ  । केमिकलवाला सेम्पू प्रयोग गर्दा कपालको प्रेसिङ नष्ट हुने, टुक्रने, कपालको जरा कमजोर भई कपाल झर्ने समस्या निम्तन्छ । कपालमा भएको वेब हटाइसकेपछि ड्रायर गर्नुपर्छ । ड्रायर गरिसकेपछि कपाल सिधा भएर जान्छ । त्यसपछि कपालमा लोसन लगाई ३/४ मिनेट जति छोडिदिने, अनि सेम्पू लगाउने त्यसपछि कपालको पोषणको ट्रिटमेन्ट पनि गर्नुपर्छ । दुईपटक कपालमा केमिकल लोसन लगाउनुपर्छ । अन्त्यमा कपालमा सेम्पू लगाउने अनि कपालमा प्रेस गर्नुपर्छ । यसो गर्दा कपालमा थप चमक आउँछ ।   

जाडोमा कपालको स्याहार
कपाललाई स्याहार गर्ने तरिका जाडो र गर्मीमा फरक–फरक हुन्छ । आफूले कुन सिजनमा कपालको कसरी स्याहार गर्ने भन्ने कुरा बुझेर मात्र कपालको स्याहार गर्न सकिन्छ । कपाललाई परमानेन्ट सेटिङ गर्नुभन्दा पहिले आफ्नो कपालमा के–के समस्या छन् त्यसको बारेमा राम्रोसँग बताउनुपर्छ । कपाल सुख्खा छ कि चिल्लो छ त्यसमा ध्यान दिनुपर्छ, त्यस अगाडि राम्रो खालको सेम्पूले नुहाउनुपर्छ । परमानेन्ट सेटिङ गर्नुभन्दा पहिले सानामसिना कुरामा ध्यान पनि आवश्यक छ । खासमा परमानेन्ट सेटिङ गर्नुभन्दा पहिले र परमानेन्ट गरिसकेपछि के कुरामा ध्यान दिनुपर्छ भन्ने जानकारी राखेर मात्र परमानेन्ट सेटिङ गर्नुपर्छ । कपाल नुहाउँदा कुन सेम्पूको प्रयोग गर्दा राम्रो हुन्छ भन्ने कुराको पनि जानकारी भइराख्नुपर्छ । परमानेन्ट सेटिङ गरिसकेपछि कपालमा भएको सुख्खापन हराएर जानुका साथै कपाल झर्ने आदि समस्या भए त्यो पनि हटेर जान्छ र कपालले थप सौन्दर्य पाउँछ ।

परमानेन्ट सेटिङपछि कपाललाई कसरी स्याहार गर्ने भन्ने विषयमा परमानेन्ट सेटिङ गर्ने प्रशिक्षित व्यक्तिमा त्यसको बारेमा पूरा जानकारी हुनुपर्छ । कपालका लागि प्रयोग गर्ने प्रोडक्ट म्यादयुक्त क्वालिटीको हुनु आवश्यक छ । परमानेन्ट सेटिङ गर्दा राम्रो प्रोडक्ट प्रयोग गरियो भने त्यसले हामीलाई पछिसम्म प्रभावित पारिरहेको हुन्छ । थोरै पैसाको लोभमा परी सस्तो क्वालिटीको प्रोडक्ट प्रयोग गर्न थाल्यौं भने हाम्रो कपाल बिग्रिएर खराब हुन जान्छ । सेम्पू प्रयोग गर्दा पनि आफूलाई कुन सेम्पूले राम्रो गरेको छ भन्ने कुरा बुझेर मात्र सेम्पू किन्नुपर्छ । नुहाउनुभन्दा दुई÷तीन घण्टा अगाडि तेलले राम्रोसँग कपाल मालिस गर्नुपर्छ अनि नुहाउनुपर्छ । यसो गर्दा कपाल नरम हुनुका साथै कपालमा थप चमक आउँछ र युवतीहरुमा सुन्दरता थपिन्छ ।        

परमानेन्ट सेटिङमा राम्रो प्रोडक्टको प्रयोग भयो भने सुरक्षित एवं लाभदायक हुन्छ तर त्यसमा कमसल खालको प्रोडक्टको प्रयोग गरियो भने कपाल सुख्खा हुने, टुक्रने, कपालको जरा कमजोर हुने हुन्छ । त्यस्तो साम्रगी प्रयोग गर्दा टाउकाको छालामा समेत एलर्जीको समस्या उत्पन्न हुन सक्छ । त्यसकारण थोरै पैसाको लोभमा नपरी राम्रो प्रोडक्टको प्रयोग धेरै उपयोगी हुन्छ ।  सुख्खा कपालका लागि दिनमा २ वा ३ पटक ‘एन्टी ब्रोक्रेज’ ट्रिटमेन्ट गर्दा कपाल राम्रो हुन्छ । यसो गर्दा कपाल टुक्रने, जरा कमजोर भई कपाल झर्ने आदि समस्या कम हुनुका साथै कपाल स्वस्थ हुन जान्छ । नर्मल कपालका लागि त्यति धेरै मिहिनेत गर्नु पर्दैन । कपाल कर्ली छ, मोटो छ भने ‘स्ट्रङ’ सेम्पू प्रयोग गर्दा कपाल राम्रो हुन्छ ।

 

Leave A Comment