प्रियंका–आयुष्मानको ‘विराट र अनुष्का स्टाइलको’ सरप्राइज योजना तुहियो

बिहिबार, ०३ फागुन २०७४, ०६ : १९ शुक्रवार
प्रियंका–आयुष्मानको ‘विराट र अनुष्का स्टाइलको’ सरप्राइज योजना तुहियो

भ्यालेन्टाइन्स डेको छेकोमा प्रियंका कार्की र आयुष्मान देशराजले शुक्रवारसँगको कुराकानीमा आफ्नो प्रेम यात्रालाई जीवनसाथी बनाउने योजनाबारे खुलाउँदै भनेका थिए ‘ हाम्रो बिहे विराट र अनुष्का स्टाइलमा गर्ने हो । एकैचोटी फोटो देख्नुहुन्छ ।’

माघ १९ बेलुका शुक्रवारसँगको विशेष कुराकानीमा उनीहरुले आफुहरु कम्बोडिया घुम्न जाने योजना समेत सुनाएका थिए । तर त्यो सरप्राइजको योजना कम्बोडियाबाटै आउने लुकाउन सफल भए । 

यी दुबै निकटस्रोतका अनुसार उनीहरु कम्बोडियामा इन्गेजमेन्ट गर्ने योजनासहित गएका थिए । तर इन्गेजमेन्ट हुन सकेन । दुबैले सरप्राइजका लागि बोकेर गएको औठी झोलामै राखेर रित्तै औंला फर्किए ।

उनीहरुको योजना तुहिनुको कारण थियो आयुष्मान परिवारको असहमती । भ्यालेन्टाइन्स डेको विशेष सामाग्रिसँगै आयुष्मानकी आमा रबिनासँगको उनको तस्विर सार्वजनिक भएपछि इन्गेजमेन्ट रोकिएको विश्वस्तस्रोतले बतायो । 

शुक्रवारले भ्यालेन्टान्स डेमा प्रस्तुत गरेको विशेष सामाग्रिमा प्रियंका र आयुष्मानको सम्बन्ध, उनीहरुको पृष्ठभुमी र पुराना सम्बन्धबारे विशेष सामाग्रि पस्केको थियो । 

आयुष्मानसँग जोडिएपछि प्रियंकाले आयुष्मानकी आमासँग २ पिस लगाएर खिचेको तस्विर आफ्नो इन्टाग्राममा राखेपछि भइरल भएको थियो । एक अवार्ड कार्यक्रममा प्रियंका र आयुष्मानको लिपकिस गरेको तस्विर समेत भाइरल भएको थियो । पुरानो तस्विर पून सञ्चारमाध्यममा आएपछि आयुष्मानकी आमा प्रियंकासँग रिसाउँदा कम्बोडियामा इन्गेजमेन्ट हुन सकेन ।

प्रियंकाले भने कम्बोडियामा इन्गेजमेन्ट गर्ने कुनै योजना नभएको बताइन् । उनले भनिन्‘कम्बोडियामा इन्गेजमेन्ट गर्ने योजनासहित गएको हैन । रोकिएको पनि हैन । यो केवल गसिप मात्रै हो ।'

Leave A Comment