समुद्र किनारमा पतिसँगै राधिका

आइतबार, २० फागुन २०७४, ०६ : १६ शुक्रवार
समुद्र किनारमा पतिसँगै राधिका

केही साता पहिले आएको फिल्म ‘प्याडम्यान’मा अक्षय कुमारसँगै पर्दामा देखिएकी बलिउड अभिनेत्री राधिका आप्टे फिल्मको सफलता मनाउन पतिसँगै गोवाको समुद्री किनार पुगेकी छन् । घामलाई पृष्ठभूमिमा पारेर खिचिएका तस्बिरमा राधिकाले हातमा वाइनको ग्लास समाएकी छन् ।

उता उनका विदेशी पति बेनेडिक्ट टेलरको हातमा पनि ड्रिंक्सको बोतल देख्न सकिन्छ । दुवैजना रसिक मुडमा देखिएका छन् । बिकिनी अवतारमा राधिका निकै खुलेकी छन् । राधिकाले सन् २०११ मा बेनेडिक्टलाई पहिलोपटक भेटेकी थिइन् भने सन् २०१३ मा उनीहरुले कोर्ट म्यारिज गरेका थिए । बेनेडिक्ट चर्चित बेलायती संगीतकार हुन् । 
 

Leave A Comment