रिचाको छलाङ

सोमबार, ०३ साउन २०७३, ०४ : ५० शुक्रवार , Kathmandu
रिचाको छलाङ

केही साताअघि रिलिज भएको फिल्म ‘सरबजीत’मा बलिउड अभिनेत्री रिचा चड्डाले सानो भूमिका निर्वाह गरेकी थिइन् । धेरैजनाले उनको अभिनयलाई ख्यालसम्म पनि गरेका थिएनन् । सबैको नजरबाट ओझेलजस्तै परेकी रिचाले हाल ठूलै अवसर हात पारेकी छिन् ।
अमेरिका र भारतका फिल्मकर्मीहरूको संयुक्त प्रयासमा बन्न लागेको फिल्म ‘लभ सोनिया’मा उनले काम गर्ने तय भइसकेको छ । फिल्मलाई तबरेज नुरानीले निर्देशन गर्ने समाचारमा जनाइएको छ । ‘क्रस–ओर इन्टरनेसनलले बनाउन लागेको फिल्मले मानव तस्करीसम्बन्धी कथावस्तु समातेको छ । फिल्ममा रिचासँगै डेमी मुरजस्ती हलिउडकी ठूलो हस्तीले पनि काम गर्नेछिन्,’ समाचारमा भनिएको छ ।

Leave A Comment