बचपनको सपथ

आइतबार, १८ चैत २०७४, ०१ : २० प्रकाश जंग थापा
बचपनको सपथ

माया आङ्लु आठ वर्षकी थिइन् । भरखरै फुल्न लागेको फूलको कोपिला जस्तै देखिन्थिन् । उनीमाथि कसैको कुदृष्टि पर्याे । कलिलै उमेरमा एक व्यक्तिबाट बलात्कृत हुन पुगिन् । यस्तो अवस्थामा उनको मानसिक अवस्था कस्तो भयो होला ? त्यो उमेरको पीडाको छाप उनको मनमा कति गाढा पर्याे होला ?

जीवन क्षणभरमै नरक बने पनि उनी भने विचलित भइनन् । सम्पूर्ण घटनाक्रम आफ्नो परिवारलाई बताइन् । उनलाई बलात्कार गर्ने व्यक्ति परिवारका लागि परिचित नाम थियो । कानुनी कारबाही अगाडि बढाउन ढिला गरिएन । बलत्कारमा दोषी ठहरिएका ती व्यक्ति जेल चलान गरिए पनि उनले धेरै दिन जेलको हावा खानु परेन । जेलबाट छुटेको चार दिनपछि उनको हत्या भयो । घटनाक्रमको चाँच्चाँडो विकास र विद्रुप परिणतिका कारण मायामा मनोवैज्ञानिक प्रभाव पर्न गयो । 

उनी यस्ता कुराहरु सोच्ने गर्थिन्, मेरो आवाजले कसैको मृत्यु हुन पुग्यो । त्यो व्यक्तिको हत्या हुनुमा म बढी जिम्मेवार छु किनभने उसको नाम उच्चारण गर्ने म नै हुँ । अब म कहिल्यै बोल्ने छैन । कारण ? मेरो आवाज जो कोहीको लागि काल बन्न सक्छ । एउटी आठ वर्षे बच्चीको लजिक÷तर्क यही थियो । यसै तर्कको आधारमा उनले कहिल्यै नबोल्ने कठोर संकल्प लिइन् । जीवन शब्दविहीन शब्दकोश बनाउने प्रण गरिन् । 

एक पटक हामी आफैँलाई मायाको ठाउँमा राखेर हेरौँ । उनीले भोगेका पीडा अनुभूत गर्ने कोसिस गरौं । सायद हामीमा पनि यस्तै घटना घटेको भए त्यही गथ्र्याैं होला । बालापनमा जीवनमा केही नराम्रो घटना घट्यो रे ! त्यसपछि हामी जीवनलाई कसरी अगाडि बढाउने भन्नेमा निर्णय लिन्छौँ । केही कुराको छनोट गर्छौं । आफ्नो छनोट निक्र्योल गर्छौं । यही नै हाम्रो दृढ संकल्प ÷सपथ÷कसम बन्न पुग्छ । यो हाम्रो ब्ल्याक एन्ड ह्वाइट सोचाइबाट आएको प्रतिफल हो । यसको कुनै जग हुँदैन । अब एउटा प्रश्न मायाले लिएको दृढ संकल्प के सही थियो त ? सही वा गलत भन्ने बुझ्न उदाहरणको रुपमा केही घटनाक्रममाथि चर्चा गरौं ।

घटनाक्रम एकः मानौं एक विद्यार्थीलाई सबै साथीहरु अगाडि कक्षमा बोल्न लगाइयो । उनले जेनतेन कोसिस गर्याे ! उसमा बोल्ने कला नहु‌ंदा उनलाई उडाइयो रे ! हाँसोका पात्र बन्यो रे ! अब के होला ? त्यस विद्यार्थीले मान्छेहरु अगाडि  कहिल्यै नबोल्ने प्रण गर्छ । यो खाले कसमले उनको जीवनमा कस्तो प्रभाव छोड्ला ? मानौँ अब ऊ २० वर्षपछि एक नेतृत्वदायी भूमिकामा पुग्यो रे ! त्यस्तो अवस्थामा उसले विभिन्न सभागोष्ठीमा भाग लिएर आफ्नो विचार राख्नुपर्ने हुन्छ तर २० वर्षअघि लिइएको संकल्पमा ऊ बाँचेको हुन्छ । बोल्ने अवसर पाउँदा खरो रुपमा चाहेको कुरा भन्न सक्दैन । अनावश्यक तनावमा पेलिन्छ । उसलाई आदर्श मान्नेहरुले नै उसलाई असक्षम भन्न बेर लगाउँदैनन् । 

घटना क्रम दुईः मानौँ एउटा युवाले कलेज पढ्दा प्रेममा धोका पायो । प्रेमिका अरु कसैको भई । यस्तो बेला, उसको संकल्प यस प्रकारको हुनसक्छ– अब म पे्रममा कहिल्यै सिरियस हुने छैन । कुनै महिलाप्रति वफादार हुने छैन । यसले उनको प्रेमजीवनमा कस्तो असर पर्ला ? लभ स्टोरी कस्तो लेखिएला ? यहाँ प्रेमकथा लेखिने भन्दा पनि पे्रमका हरेक पन्ना च्यातिने छन् किनभने उसले भविष्यमा भेटेने सबै महिलाप्रति सम्मानको व्यवहार गर्न सक्दैन । सबै महिलालाई एउटै तराजुमा जोख्न थाल्छ । उसका लागि महिला खेलौना सरी हुन्छे । प्रेम र सम्बन्धको महŒव बुझ्नै सक्दैन वा चाहँदैन । कुनै सुन्दर महिलाले साँचो पे्रम प्रस्ताव राखे पनि शंकाको नजरले हेर्न थाल्छ र अगाडि बढ्न सक्दैन ।

घटनाक्रम तीनः मानौँ तपाईंले आफ्नो करियरको सुरुवातमा कुनै एक प्रतिष्ठित संस्थामा जागिरको लागि कोसिस गर्नु भयो । तपाईं त्यो जिम्मेवारीका लागि योग्य पनि हुनु हुन्छ तर तपाईंलाई बेवास्ता गरी अरुलाई नियुक्ति दिइयो भने के होला ? तपाईंको यस्तो संकल्प हुन सक्छ– म यो कार्यकारी प्रमुखले जसरी कुनै युवालाई रिजेक्ट गर्ने छैन । अब तपाईं ३० वर्षपछि एक संस्थाको संस्थापक एवं कार्यकारी प्रमुखको हैसियतमा पुग्नु भयो । संस्थामा थप कर्मचारीको आवश्यक पर्यो ।

धेरैले जागिरका लागि आवेदन दिए । अब तपाईंलाई निर्णय गर्न गाह्रो हुन सक्छ किनभने तपाईंले ३० बर्ष अगाडि लिएको संकल्प तोड्न सक्नु हुन्न । कसैलाई पनि रिजेक्ट गरेर दुःखी बनाउन चाहनु हुन्न । त्यसपछि तपाईं भरसक सबैलाई नियुक्ति गर्ने निर्णयमा पुग्नु हुन्छ । योग्य र अयोग्य दुवै नियुक्त हुने सम्भावना बढेर जान्छ । यसैले संस्थामा असन्तुलन पैदा गर्छ ।

यी घटनाक्रमले माया आङ्ग्लुको संकल्प अवैज्ञानिक र गलत थियो भन्ने पुष्टि गर्छ । उनी कहिल्यै नबोल्ने संकल्पमा अडिग थिइन् । उनले आफ्नो संकल्प पाँच वर्षसम्म जीवन्त राखिन् । त्यस अवधिमा उनको साथी भनेको किताब मात्र थियो । उनी विद्यालय जाँदा आफ्नो विद्यालयको पुस्तकालयमा पाइने सबै पुस्तक पढेर सकिन् । यिनै पुस्तकले उनको सोचमा परिवर्तन ल्यायो ।

उनलाई शिक्षिका र परिवारले बोल्न निरन्तर प्रोत्साहन गरे । त्यस प्रोत्साहनका कारण आठ वर्षको हुँदा लिइएको संकल्प तोड्न मद्दत पुग्यो । अन्ततः उनी विश्वकी एक ख्यातिप्राप्त लेखिका, गायीका, मानव अधिकार अभियन्ताका रुपमा चिनिन सफल भइन् । उनी बालापनको संकल्पमै अडिरहेकी भए ? सायद त्यो उचाइ प्राप्त हुने थिएन । त्यसकारण हामीले कुनै घटनाक्रम घट्दा लिइने दृढ संकल्प त्याग्ने हिम्मत गरौँ । यही विन्दुबाट परिवर्तनको रेखा कोरिनेछ । 
 

Leave A Comment