विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले हालै सार्वजनिक गरेको वरियताक्रममा नेपाल तीन स्थान माथि उक्लिएको छ । अप्रिल महिनाको लागि सार्वजनिक गरेको नयाँ वरियता क्रममा नेपाल १ सय ११ अंकका आधारमा ३ स्थान माथि उक्लिँदै १ सय ६२ औं स्थानमा पुगेको छ ।
वरियता क्रममा भारत दक्षिण एसियाबाट सबैभन्दा अगाडि ९७ औं स्थानमा उक्लिएको छ । यसअघि ऊ दुई स्थान तल थियो । माल्दिभ्स १ सय ४७ औं स्थानमा छ भने भुटान १ सय ८४औं स्थान र बंगलादेश १ सय ९७ औं स्थानमा छ ।
बिहीबार सार्वजनिक गरिएको विश्व वरियतामा २०१४ को विश्वकप फुटबल विजेता जर्मनी शीर्ष स्थानमा छ । ब्राजिल दोस्रो स्थानमा यथावत् छ भने बेल्जियमले दुई स्थान सुधार गर्दै तेस्रोमा उक्लिएको छ ।
पोर्चुगल चौथो तथा अर्जेन्टिना पाँचौं स्थानमा झरेका छन् । वरियतामा दुई/दुई स्थान सुधार गरेका स्विट्जरल्यान्ड र फ्रान्स क्रमशः छैटौं र सातौं स्थानमा उक्लिएका छन् भने स्पेन आठौं, चिली नवौं र पोल्यान्ड दसौं स्थानमा छन् ।
Leave A Comment