केटले पिउन छाडिन्

सोमबार, १० बैशाख २०७५, ०२ : ११ शुक्रवार
केटले पिउन छाडिन्

अनियन्त्रित प्रकारको जीवनशैली भए पनि विश्वकै शीर्ष मोडलका रुपमा उनी रहिन् । करिब साढे दुई दसकसम्म मदिरामा लठ्ठिएकी केटले रक्सी छाडेको उनको बहिनीले बताएकी छिन् । मदिराको लत छुटाउन सन् २०१६ मा पुनस्र्थापना केन्द्रमा उनलाई भर्ना गर्नु परेको थियो ।
‘उनले पिउन छाडिन् र उनी स्वस्थ छिन्,’ केटकी बहिनी लोट्टीले भनिन्, ‘नयाँ केटासँगको सम्बन्धपछि यस्तो भयो र उनीहरु अहिले मिलेका छन् ।’ केट अहिले निकोलाइ भोन बिस्मार्कसँग रहेकी छन् । लागू औषध सेवन गर्ने भनेर समाचार आएपछि उनीसँग सम्झौता गरिएका विभिन्न कम्पनीले सम्बन्ध तोडेका थिए । उनी कोकिन केटको नामले चिनिन्थिन् ।

Leave A Comment