पहिलो फिल्ममै काबु

आइतबार, १६ बैशाख २०७५, ०२ : ३८ शुक्रवार
पहिलो फिल्ममै काबु

फिल्म ‘कृ’का प्रचार सामग्री नबाहिरियुञ्जेल अदिती बुढाथोकीको ठूलो नाम थियो । बलिउडका मिडियाले पनि कहिले सन्नी लियोनी त कहिले कोसँग तुलना गर्दै फोटो छाप्ने गरेका कारण अदिती टपकै हिरोइन बन्लिन् भन्ने धेरैको अनुमान थियो । तर जब ‘कृ’ रिलिज भयो, धेरैको यस्तो अपेक्षामा पानी फेरियो ।

अभिनेत्रीको पहिलो गुण नै अभिनय गर्नु हो तर अदिती यही कुरामा कमजोर देखिइन् । बलिउडका केही म्युजिक भिडियोमा गरेको अभिनयको असर पनि फिल्ममा कतै देखिएन । अझ अनमोल केसीको छायाँमा परेपछि त अदितीलाई पहिलो फिल्म नै फलामको च्युरा चपाएसरह भयो ।

फलतः अदितीले ‘कृ’लाई नै पहिलो र अन्तिम फिल्म बनाउने घोषणा गरेकी छन् । उनले आफू नजिकका मान्छेलाई आइन्दा फिल्ममा अभिनय नगर्ने बताउने गरेकी छन् । भनेपछि अदितीलाई एउटै फिल्मले काबु बनाएछ । 
 

Leave A Comment