मर्न चाहिन्थिन् पेरिस

आइतबार, २३ बैशाख २०७५, ०१ : ३१ शुक्रवार
मर्न चाहिन्थिन् पेरिस

रियालिटी सो सिम्पल लाइफ सञ्चालन गरेर चर्चामा आएकी पेरिस हिल्टनको जीवन भने त्यति सिम्पल छैन । हालै सार्वजनिक एक डमुमेन्ट्रीमा हिल्टनले सेक्स टेप अनलाइनमा सार्वजनिक गरेको समयमा आफूलाई मर्न मन लागेको बताइन् । बेर्ट मार्कसको वृत्तचित्र ’द अमेरिकन मेमे’मा पेरिस समेटिएकी छन् । 

अहिले खुसीको अवस्थामा रहे पनि पेरिसले सन् २००४ को सो घटनाको समयमा निकै कठिन अवस्थामा रहेको बताइन् । ‘त्यस समयमा मलाई मर्न मन लागेको थियो’ पेरिसले सो घटना स्मरण गर्दै भनेकी छन् । 

उनको पूर्व प्रेमीले पेरिसको सहमतिबिना नै सन् २००१ मा खिचेको सेक्स टेप सार्वजनिक भएको थियो । ‘मेरो बलात्कार भैरहेको छ जस्तो लागेको थियो,’ उनले हलिउड रिपोर्ट्ससँग भनेकी छन्, ‘मनको एक भाग गुमेको जस्तो अनुभव भएको थियो र त्यस बारेमा नृशंस र नीच तरिका मलाई नै दोष दिइएको थियो ।’

‘एउटा बिन्दुमा म साँच्ची मर्न चाहन्थेँ,’ उनले भनिन्, ‘किनभने सबै कुरा मबाट खोसिएको अनुभव भएको थियो । त्यस रुपमा चिनियोस् भन्ने चाहन्थेँ ।’ 
 

Leave A Comment