प्रियंकालाई ड्रेसकै चिन्ता

आइतबार, २३ बैशाख २०७५, ०१ : ३२ शुक्रवार
प्रियंकालाई ड्रेसकै चिन्ता

भारतीय अभिनेतृ प्रियंका चोपडा बेलायती राजकुमार ह्यारी र अभिनेतृ मेगन मर्केलको विवाहमा सहभागी हुँदैछिन् । तीन वर्षदेखि मर्केललाई चिन्दै आएकी बलिउडकी देसी गर्ल प्रियंकालाई विवाह समारोहमा सहभागी हुन निम्ता आइसकेको छ । निम्तासँगै टेन्सनसमेत आइलाग्यो ड्रेसको । ह्यारी र मर्केलबीच विवाह गर्न एक महिना पनि बाँकी छैन । 

‘केही आइडिया छ तर कस्तो लुगा छान्ने भनेर अहिले नै निर्णय गरिसकेकी छैन,’ प्रियंकाले भनिन्, ‘न त उपहारकै बारेमा केही सोचेकी छु ।’ उनले पूर्व अमेरिकी अभिनेत्री मर्केलको बेलायती राजपरिवारसँगको जोडिन लागेको सम्बन्धलाई विश्वले जसरी सकारात्मक प्रतिक्रिया दियो, त्यसले खुसी तुल्याएको बताइन् । 

‘विश्वले जसरी उनीप्रति प्रतिक्रिया जनाएको छ, त्यसले खुसी बनाएको छ,’ उनले भनेकी छन्, ‘मलाई के थाहा छ भने उनी आजको विश्वकी सान्दर्भिक महिला हुन् ।’
 

Leave A Comment