५२ मा पनि सेक्सी !

आइतबार, २३ बैशाख २०७५, ०१ : ३४ शुक्रवार
५२ मा पनि सेक्सी !

एलिजाबेथ हर्ली ५२ वर्षकी हुँदा पनि उनको सेक्स अपिलमा कुनै कमी आएको छैन । इन्स्टाग्राममा सार्वजनिक उनको पछिल्लो फोटोमा त्यही संकेत गर्छ । उनमा बुढ्यौलीको कुनै संकेत देखिदैन । अरेन्ज र क्रिम कलरका धर्को लुगाले पुरै शरीर ढाकेको छ तर पारदर्शी कपडामा ब्रा लेस लिजाको कुनै भाग छोप्न सकेको छैन । क्यामेराका लागि पोज दिँदा उनको आफ्नो खैरो कपाललाई खुला छाडेकी छन् । 

लिजको सेक्सी लुगा लगाएको पहिलो पटक होइन, न त अन्तिम नै हो । उनको स्टाइलको धेरै प्रशंसक छन् तर सबै होइनन् । दुई साताअघि पनि उनले फ्रान्सेली घरेलु कामदार महिलाले लगाउने लुगामा फोटोहरु सार्वजनिक गरेकी थिइन् । दुई साताअघि पनि फ्रान्सेली ड्राम द रोयल्समा उनले लगाएको कपडाको बारेमा केही प्रशंसकले टिप्पणी गरेका थिए ।

१६ वर्षे छोराको अघिल्तिर यस्तो सेक्सी कपडा लगाएर उनी कसरी जान सकेकी होलिन् भनी प्रश्नसमेत गरिएको थियो । केहीले उनको फोटोसँगसँगै छोराको फोटो पोस्ट गरिदिएका थिए । 
 

Leave A Comment