मानिस जत्रो केक

बुधबार, ०९ जेठ २०७५, ०५ : ०७ शुक्रवार
मानिस जत्रो केक

बेलायती राजकुमार ह्यारी र हलिउडकी अभिनेतृ मेगन मर्केलको विवाहको तापमा पुरै बेलायत रंगिएको छ । तपाईं बेकरीको पारखी हुनुहुन्छ भने यस उल्लासको समयमा के गर्नुहुन्थ्यो ? लारा मासोन नामकी एक महिलाले २ सय ५० घण्टा अर्थात् करिब साढे दस दिन लगाएर केक बनाएकी छन् र त्यो हेर्दा ठ्याक्कै हुनेवाला बेहुला र बेहुली नै लाग्छ । 

केक बनाउनका लागि ३ सय वटा अण्डा, १५ किलो पिठो, १५ किलो नौनी र १५ किलो चिनीको प्रयोग भएको छ । यो केक ५ सय जनालाई खुवाउन पुग्ने छ । यो केक सजाउन र जोड्नका लागि १० केजीभन्दा बढी बटरक्रिम, २० केजी मोडलिङ चकलेट र २० किजी फोन्डाटिङआइस लागेको छ । 

‘यो मायाको परिश्रम हो र आफैँप्रति खुसी र गर्व लागेको छ,’ उनले भनेकी छन्, ‘अहिलेसम्म मैले बनाएको सबैभन्दा अग्लो केक हो यो । राजकुमार ह्यारी ६ फिट २ इन्चका छन् यो पनि ६ फिट २ इन्चको हुनुप¥यो । यो कष्टकर थियो तर आफूले कोसिस नगरी थाहा हुने कुरा भएन । प्रत्येक समय आफैँलाई परीक्षा गरेको छु र आफ्नो घेरालाई धकेलेको छु र केही सिक्ने मैका पाएकी छु ।’

हामी सोच्छौं केक अविश्वसनीय छ तर उनको सबैभन्दा ठूलो परीक्षा भने एक वर्षकी जुम्ल्याहा छोरीहरु लिली र लीलालाई देखाउँदा भयो । 
‘लीलाले मेरो हातबाट निस्केर उनलाई हग गरिन् । उनले पक्कै पनि साँचैको मानिस भनेर सोचेको हुनुपर्छ,’ उनले भनिन्, ‘यो देखेर उनी डराइन् ।’
 

Leave A Comment