ट्रम्पको ट्रोल

बुधबार, ०९ जेठ २०७५, ०६ : ४७ शुक्रवार
ट्रम्पको ट्रोल

अश्लील चलचित्रकी अभिनेतृ स्टर्मी ड्यानियल भन्नेबित्तिकै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम जोडिन थालेको केही समय बितिसक्यो तर ट्रम्पलाई यसरी जोडेको राम्रो लाग्दैन । ३९ वर्षीया स्टर्मी र ७१ वर्षीय ट्रम्पबीच एक दसक पुरानो अफेयर्स यतिबेला यति धेरै मच्चिएको छ कि विश्वभरका सञ्चार माध्यमका लागि यो अहिले राम्रो मसला बनिरहेको छ । 

तिनै स्टर्मीले पछिल्लोमा समयमा न्युयोर्कको स्वमिङ पुलमा फोटो सुट गर्दै राष्ट्रपति ट्रम्पलाई ट्रोल गर्न भ्याएकी छन् । उनले देशप्रेमी देखिने अमेरिकी झण्डा छापिएको स्विमसुट लगाएकी छन् । 

ट्रम्पसँगको अफेयर्स सार्वजनिक गरेपछि चर्चामा आएकी स्टर्मीलाई पनि विवादमा पार्न खोजिएको छ । उनको र राष्ट्रपति ट्रम्पको सम्बन्ध खुलासा भएदेखि नै स्टर्मीलाई कन्स्पिरेसी थ्योरीसँग जोडिएको हो । यसै साताको सुरुमा कसैले उनीमाथि कुख्यात सेक्स कल्ट एनएक्सआइभिएमको सदस्य भएको आरोप लगायो । एक ट्विटेले उनको ट्याटुलाई जुम गर्दै सो सेक्स कल्टको चिह्न भएको दाबी गरे । 

यस्तो दाबीपछि स्टर्मीले जवाफमा लेखिन्, ‘इन्टरनेटमा खोज्ने हो भने मेरा नाङ्गा फोटो र भिडियो हजारौँ भेटिन्छन् । एउटा फोटोसप गरिएको फोटो हालेर कन्स्पिरेसी थ्योरीको पछि नलाग साइको !’
 

Leave A Comment