समर फेसन प्रतिस्पर्धा

आइतबार, १३ जेठ २०७५, ०२ : १८ शुक्रवार
समर फेसन प्रतिस्पर्धा

मौसमी तापक्रमसँगै फेसनको तापक्रमसमेत ह्वात्तै बढेको छ । अहिले हरेक दिन बिराएर कहीँ न कहीँ कसै न कसैको आयोजनामा फेसन सो आयोजना भइरहेका छन् । केही सो क्यूमा छन् । यही छेको पारेर नमुना कलेज अफ फेसन टेक्नोलोजीमा फेसन डिजाइनिङमा स्नातकमा अध्ययनरत विद्यार्थीले सेरा डी स्टिलिष्टा शीर्षकमा गत शनिबार हायात रिजेन्सी होटलमा फेसन सोको आयोजना गरे ।

कार्यक्रममा हिमालयन मुनाल, इन्डियन फ्याइङ फक्स ब्याट, रेनबो लोरिकेट, सारस क्रेनदेखि स्नो लियोपार्ड, ह्वाइट ब्याट फ्लावरको थिममा बनेको पहिरन प्रदर्शन गरिएको थियो । विद्यार्थी डिजाइनरहरु स्वयंले आयोजना एवं व्यवस्थापन गरेको सो ग्राजुएसन फेसन सोमा फेसन दसजना युवा मोडलसहित तीन दर्जनभन्दा बढी मोडलहरु र्याम्पमा उत्रिएका थिए । जेठको पहिलो साता अन्नपूर्ण होटलमा आर एण्ड आर गु्रपले चौथो ‘एन्जल अन दि फ्लोर’ फेसन सोको आयोजना गरेको थियो ।

सोमा अभिनेता सुशील पोखरेल, अभिनेत्री शुभेच्छा खड्का लगायतका र्याम्पमा उत्रिएका थिए । कार्यक्रममा कुसुम तामाङ, दिव्य थापा, मन्दिरा राणालगायतका मोडल गर्मीका पहिरनसहित र्याम्पमा आएका थिए । 

 
 

Leave A Comment