अर्जेन्टोले सम्झिइन् बलात्कार

आइतबार, १३ जेठ २०७५, ०२ : ४२ शुक्रवार
अर्जेन्टोले सम्झिइन् बलात्कार

यस पटकको क्यान्स फिल्म फेस्टिभलमा अभिनेत्री एसिया अर्जेन्टोले सबैलाई चकित पारिदिइन् । के भयो भने उनले हार्भे विन्स्टिनले आफूलाई क्यान्स महोत्सवमा सहभागी हुन बोलाएर यहीँको होटलमा राति जबरजस्ती बलात्कार गरेको भाषणमा बताइदिइन् । भाषण सुन्ने सबै चकित भए ।

भाषणमा उनले भनेकी थिइन्, ‘मलाई धेरै कुरा भन्नु छैन, सन् १९९७ मा हार्भेले मलाई यही क्यान्समा बोलाएर बलात्कार गरे । म त्यो बेला २१ वर्षकी थिएँ ।’

हार्भेमाथिको आरोपमा खुलेर बोल्नेमध्येकी उनी पहिलो थिइन् । ‘यो ठाउँ अरुका लागि उत्सव मनाउने ठाउँ हो, मेरा लागि भने सधैँ तर्सिने ठाउँ हो । यो ठाउँले मलाई भित्र चित्त दुखाउँछ,’ उनले भाषण गर्दै भनेकी थिइन् । ‘सायद अब हार्भेलाई यहाँ बोलाइने छैन, यो नै ठूलो उपलब्धि हो,’ उनले भनिन् । उनको भाषणलाई धेरैले उठेर स्वागत गरेका थिए ।
 

Leave A Comment