मोडललाई धम्की

शुक्रबार, १८ जेठ २०७५, ०२ : ५५ शुक्रवार
मोडललाई धम्की

२४ वर्षिया प्लेब्वाइ मोडल मारिया लिम्यानमाले आफ्नो ज्यान मार्ने धम्कीलाई सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् । एक धनाढ्य व्यापारीको आक्रोशित पत्निले धम्की दिएपछि ज्यान असुरक्षित भएको उनलाई लागेको छ । एक महिलाले अफेयरको आरोप लगाउँदै मारियालाई ज्यान मार्ने धम्की दिएकी हुन् । ती मोडलले भने अफेयर्सलाई अस्वीकार गरेकी छिन् । 

’शुरुमा मैले नम्र भएर उनलाई सम्झाउन कोसिस गरे, मलाई अरु नै मानिस भन्ने ठानेर त्यस्तो गरेको हुनसक्छ भनेर सम्झाउन कोसिस गरे । तर मलाई निरन्तर रुपमा अपमानीत गरिरहिन’ मारियाले भनिन्  । धम्की दिने ती महिला आफ्नो जानपहिचनाको मानिसको पार्टनर भएको उनले बताइन् । ती व्यक्तिसँग उनको बेलाबेलामा म्यासेज आदान प्रदान हुने गरे पनि अफेयर्स नभएको बताएकी छिन् । धम्की प्राप्त गर्दा आफू ब्वाइफ्रेन्डसँग माल्दिभ्समा छुट्टी मनाउन गरेको बेलामा भएको बताएकी छिन् । 
 

Leave A Comment