र्याम्पको रन्को

आइतबार, २० जेठ २०७५, ०९ : ५६ शुक्रवार
र्याम्पको रन्को

सोल्टीमा शुक्रवार ट्रेसमी दलजीत सुदान रन–वे फेसन शोको आयोजना भयो । शोमा दुई दर्जन बढी व्यवसायिक मोडल र कलाकार रनवेमा उत्रिएका थिए । तीन सिक्वेलको शोमा २४ मोडल रन वेमा उत्रिएका थिए ।
आयोजकका अनुसार नेपाली कपडा र पहिरनलाई विश्वसामु पूर्याउन कार्यक्रमको आयोजना गरिएको थियो । रनवेमा नग्मा श्रेष्ठ, आस्था पोखरेल, सविता कार्की, सुस्मिता थापा, बिबेक खड्का लगायतका मोडल सहभागी थिए । 

यसैसाता फेसियल हाउसले आर्मी अफिसर्स क्लबमा आयोजना गरेको फेसन शोमा चर्चित सेलिब्रिटीको बाहुल्यता थियो । सँगै रंग सञ्चारकर्मी पनि र्याम्पमा उत्रिए मज्जैले । सात सिक्वेलको शोमा व्यावसायिक मोडलहरुले र्याम्पमा परम्परागत, सिर्जनशील र दैनिक जीवनमा प्रयोग हुने पहिरन प्रस्तुत गरेका थिए । 

नायिका करिश्मा मानन्धर, पूर्व मिस नेपाल उषा खड्गी, अभिनेत्री क्षितिजा शाक्य, दिक्पाल कार्की, एसराज गराच, पूर्व मिस्टर नेपाल गणेश अग्रवाललगायत सँगै करिब २ दर्जन सञ्चारकर्मी र्याम्पमा उत्रिएका थिए । 
फेसियल हाउसकी म्यानेजिङ डाइरेक्टर शुष्मा महराले फेसनसँग जनजीवनलाई जोड्न फेसन सोको परम्परागत अवधारणालाई परिवर्तन गर्ने प्रयास गरेको बताइन् । 

‘फेसन हिरो र हिरोइन र मोडलको मात्र चासोको विषय हैन,’ उनले भनिन्, ‘सबै पेशा, व्यवसाय र क्षेत्रमा रहेकाहरु आकर्षक र स्मार्ट बन्न जरुरी हुन्छ ।’

Leave A Comment