फेरि सिक्वेलको गफ

आइतबार, २० जेठ २०७५, १० : १३ शुक्रवार
फेरि सिक्वेलको गफ

अर्पण थापा निर्देशित ‘मुखौटा’ त्यो वर्षकै सर्वाधिक ठूलो र प्रतिक्षित फिल्म थियो । कारण, यसमा सिंगल थिएटरका राजा राजेश हमालदेखि मल्टिप्लेक्सका रुचाइका नाम सौगात मल्ल र दयाहाङ राईले पनि एकसाथ फ्रेम सेयर गर्दैथिए । चर्चाका हिसाबले फिल्म उचाइमा थियो ।

तर जब शुक्रबार फिल्म रिलिज भयो, जुन उचाइमा थियो, त्यति गतिमा तल झर्यो । तर निर्मातालाई आफ्नो फिल्मप्रतिको भ्रम टुटेन, फिल्मले हलमा पानी पनि नभनी रहँदा निर्माण टिमले विज्ञप्ति जारी गरेर नै फिल्मको सिक्वेल बनाउने घोषणा ग¥यो । फिल्म नचलेको झोँकमा आएको सिक्वेल बनाउने घोषणा पूरा हुने सम्भावना थिएन, अहिलेसम्म बनेन । उनै अर्पण थापा निर्देशित नयाँ फिल्म ‘सुनकेसरी’ अहिले हलमा चलिरहेको छ, यसैको संघारमा फेरि उनले यसको सिक्वेल बनाउने घोषणा गरेका छन् ।

फिल्मकी निर्मातामध्येकी एक ऋचा शर्माले प्रिमियर सोमा फिल्मको सिक्वेल बन्ने घोषणा गरेकी थिइन् । संयोग के छ भने यो फिल्म पनि शुक्रबार, शनिबार ठीकै चले पनि आइतबारबाट चलेको छैन । अनि फ्लप भएको ‘मुखौटा’को सिक्वेल नबनेको इतिहास साक्षी हुँदाहुँदै ‘सुनकेसरी’को सिक्वेल बन्ने कुरा गफ मात्र हैन भनेर कसरी बुझ्ने ?
 

Leave A Comment