दयाहाङको बल्ल खुल्यो चेत

सोमबार, ११ असार २०७५, १२ : ४३ शुक्रवार
दयाहाङको बल्ल खुल्यो चेत

राजेश हमाल फिल्म गर्ने कुराको विम्ब बनेका छन् । जब कोही भकाभक फिल्म साइन गर्छन् वा उनीहरूको फिल्म रिलिज हुन्छ, टिप्पणी भइहाल्छ, ‘राजेश हमाल भयो ।’

पछिल्लो समय दयाहाङ राईलाई दोस्रो राजेश हमाल भएको टिप्पणी थियो । नभन्दै अघिल्लो साल उनका सात वटा फिल्म रिलिज भएका थिए । यसरी बग्रेल्ती फिल्म गर्नुको पछाडि उनले पारिवारिक कारण बताउने गरेका थिए तर सोमबार फिल्म ‘भैरे’को ट्रेलर सार्वजनिक कार्यक्रममा अबदेखि कम फिल्ममा देखिने वाचा गरे । उनले आफ्ना बारेमा हुने टिप्पणीप्रति सजग भएको र यो वर्षदेखि छानेर मात्र फिल्म खेल्ने बताए ।

यो साल उनको ‘ह्याप्पी डेज’ रिलिज भइसकेको छ भने ‘भैरे’ साउनमा रिलिज हुनेछ । यही साल उनको ‘नीरफूल’ रिलिज हुनेछ भने भर्खरै सुटिङ सकाएको ‘आप्पा’ पनि सम्भवतः यही साल रिलिज हुनेछ । यही महिनाबाट सुटिङ हुने ‘साइँली’ पनि पाइप लाइनमा रहनेछ । यसको अर्थ, दयाले कम गर्छु मात्र भन्या हो कम गरिहालेको भने हैन । त्यही पनि धेरै फिल्म गर्नुहुन्न भन्ने चेत आयो अहिलेलाई यही नै ठूलो कुरा हो । 
 

Leave A Comment