लड्र्समा नेपाली झण्डा

शनिबार, ०८ साउन २०७३, १२ : २७ शुक्रवार , Kathmandu
लड्र्समा नेपाली झण्डा

विश्वभरिका क्रिकेट खेलाडीको सपना हुन्छ, इंग्ल्यान्डको लडर््स मैदानमा खेल्ने । क्रिकेटको मक्का भनिने लडर््समा खेल्ने सपना जसको पूरा हुन्छ, उनीहरू आफूलाई भाग्यमानी ठान्छन् । यो पटक नेपाली क्रिकेट खेलाडीले आफ्नो सपना पूरा गरेका छन् । नेपालले सन् १७८७ मा स्थापना भएको विश्वकै पुरानो मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग लडर््समा खेल्ने अवसरमात्र पाएन, एमसीसीसँगको खेल ४१ रनले जितेर इतिहास रचेको छ ।
पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै एमसीसीलाई ४७ दशमलव २ ओभरमा १ सय ७६ रनमा अलआउट गर्दै नेपाललाई जिताए । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले सबै खेलाडीको महŒवपूर्ण प्रदर्शनका कारण खेल जितेको बताए । ‘लडर््समा खेल्न पाउनु दुर्लभ अवसर हो भन्ने हामीलाई थाहा थियो,’ खड्काले भने, ‘त्यसअनुसार यो अवसरलाई स्मरणीय बनाउन चाहन्थ्यौँ र हामी त्यसमा सफल भयौँ ।’
लडर््सको जीतले नेपाली क्रिकेट खेलाडी र नेपाली क्रिकेट टिमको जर्सी लगाएर र नेपाली झण्डा बोकेर लडर््समा पुगेका समर्थकलाई खुशीमात्र दिएको छैन, यसले एउटा इतिहास पनि रचेको छ र विश्वमा नेपाली क्रिकेटको एउटा सन्देश पनि गएको छ ।
नेपाल जीतको हकदार भएको खड्का दाबी गर्छन् । ‘नेपाली खेलाडीले गरेको मेहनतअनुसार उनीहरू यो जीतका लागि योग्य थिए ।’
सन् १८८४ मा पहिलो टेस्ट क्रिकेट आयोजना गरेको लर्ड्समा खेल्नु नेपाली खेलाडीको सपना भए पनि एमसीसी नेपाली क्रिकेट खेलाडीको लागि नयाँ नाम भने थिएन । नेपाली खेलाडीले एमसीसीमा अभ्यास गर्ने तथा खेल्ने अवसर यसअघि नै पाएका थिए । तीन वर्षअघि नरेश बुढाऐर र राजेश पुलामी मगरले एमसीसी युवा क्रिकेटर कार्यक्रममा सहभागी भएर एमसीसीमा प्रशिक्षणको अवसर पाएका थिए । पोहोर यूएईमा भएको एउटा खेलमा नेपाली कप्तान पारस खड्काले एमसीसीबाट खेलेका पनि थिए ।
नेपालले एमसीसीसँग खेलेको यो पहिलोपल्ट होइन । गत वर्ष एमसीसी नेपाल आएको थियो । त्यतिबेला नेपाल र एमसीसीबीच कीर्तिपुर मैदानमा एउटा दुई दिवसीय र एउटा ट्वेन्टी–ट्वेन्टी क्रिकेट भएको थियो । दुई दिवसीय खेल बराबरी भए पनि ट्वेन्टी–ट्वेन्टी क्रिकेट एमसीसीले ४० रनले जितेको थियो । त्यतिबेला घरेलु मैदानमा हारेको नेपालले यो पटक एमसीसीलाई उसैको घरेलु मैदानमा हरायो ।

Leave A Comment