रेखाको काइते ‘राजनीति’

आइतबार, १७ असार २०७५, ०६ : ०४ शुक्रवार
रेखाको काइते ‘राजनीति’

पार्टी राजनीतिमा त रेखाको जोर चलेन । हरिलोभरिलो माओवादी छाडेर, रेखा पात झरेर उजाड भएको राप्रपामा प्रवेश गरिन् । अर्कोतिर कोमल वली राप्रपा छाडेर एमालेमा प्रवेश गरिन् । एमालेतिर लागेकी कोमल सांसद पनि बनिन् । सँगैमा न रेखाको अत्तोपत्तो छ, न उनको पार्टीको । 

पार्टी राजनीतिमा चित् खाएर के भो र ? रेखाको राजनीति गर्ने सीप खेर गएको छैन क्यार ! ठाउँ फेरिन्छ, त्यो बेग्लै कुरा हो ।  अझ फिल्म रिलिज हुने बेला त उनको चाणक्यनीति देख्न पाइन्छ । रेखा नयाँ फिल्म ‘मालिका’को सुटिङ सकाएर प्राविधिक काम गरिरहेकी छन् र योसँगै उनले राजनीति पनि थालिसकेकी छन् ।
उनको यो नीति देखियो एक युट्युब अन्तर्वार्तामा ।

सो अन्तर्वार्तामा उनले प्रदीप खड्कालाई अनमोल केसीभन्दा माथि मात्र बताइनन्, अनमोललाई भुवन केसीले जबर्जस्ती बनाएको पनि बताइन् । तर रेखाले अनमोेल केसीलाई लतारेर प्रदीपलाई यत्तिकै चढाएकी हैनन्, प्रदीपले यस्तै एउटा युट्युब अन्तर्वार्तामा रेखाको मुक्तकण्ठले प्रशंसा गर्दै उनलाई महानायिका भनेका थिए । प्रदीपको गुन तिर्न रेखाले पनि प्रदीपलाई अनमोलभन्दा माथि भनिदिइन् । भनेपछि रेखाले फिल्मको पब्लिसिटी सुरु गरिन् भन्ने बुझ्दा भयो । 
 

Leave A Comment