ओहो, सो हट !

आइतबार, १७ असार २०७५, ०६ : १५ शुक्रवार
ओहो, सो हट !

पछिल्लो समय फेसनेबल डिजाइनका कपडा लगाएर कार्यक्रममा पुग्नु वर्षा शिवाकोटीको विशेषता हुँदैछ । केही दिनअघि ‘भैरे’ फिल्मको ट्रेलरमा उनको पहेँलो पहिरनले पाएको चर्चा नसेलाउँदै, ‘पुरानो बुलेट’को प्रेस मिटमा उनी नयाँ डिजाइनको पहिरनमा देखिइन् ।

कालो रङको लङ वन पिसले धेरैको ध्यान खिँचेको थियो । त्यसैले क्यामेराका लेन्सले कार्यक्रम हलभित्रदेखि बाहिरसम्म वर्षालाई नै ताकिरहेका थिए । वर्षालाई भने त्यही खुला पहिरन पनि गर्मीले असह्य भइरहेको थियो । अनुहारको भावले उनले महसुस गरिरहेको गर्मी प्रस्ट झल्किन्थ्यो । हलभित्र फोटो खिचाउँदा गर्मीले सकस भएपछि उनी हलबाहिर निस्किएकी थिइन् ।

तर बाहिर पनि गर्मीले उनलाई छाडिरहेको थिएन । पटक–पटक भनिरहेकी थिइन्, ‘ओहो, सो हट !’ उता उनलाई सुनिरहेका सहभागी उल्टै व्यंग्य गरिरहेका थिए, ‘हट मौसम होइन, हजुरै हो नि !’
 

Leave A Comment