वाह जापान !

बिहिबार, २१ असार २०७५, ०२ : ५० शुक्रवार
वाह जापान !

बेल्जियमसँग उत्कृष्ट खेल प्रदर्शन गरेर प्रशंसा पाएको जापान घर फर्कँदा फर्कँदै पुनः चर्चामा आएको छ, असल व्यवहारले । रसियाको रोस्तोभ अन डन स्टेडियममा भएको खेलमा पराजित भएको टिमले रोस्तोभ अन डन स्टेडियमबाट फर्कनुअघि प्रशंसनीय काम गर्यो । 

खेलमा हार्दा दिक्क लाग्नु स्वाभाविकै हो । केही खेलाडी मैदानमै रोइरहेका थिए । उनीहरु दुःखी थिए । यही दुःखका बीच उनीहरु आफूले प्रयोग गरेको ड्रेसिङ रुममा फर्किए । उनीहरुले ड्रेसिङ रुम त्यत्तिकै छाडेनन् । उनीहरुले ड्रेसिङ रुम पूरै सफा गरिदिए । अनि रसियन भाषामा आयोजकलाई धन्यवाद पत्र लेखेर त्यहीँ राखेर गए ।

खेलाडीले मात्रै हैन जापानी समर्थकहरुले पनि आफू बसेको स्थानको स्टेडियम सफा गरेका थिए । उनीहरुले समूह चरणको खेलमा समेत स्टेडियम सफा गर्न आउने कर्मचारीलाई फोहोर संकलन गर्न सघाएका थिए । 

Leave A Comment