श्वेताको बिहे गर्ने रहर !

बिहिबार, २१ असार २०७५, ०४ : ४८ शुक्रवार
श्वेताको बिहे गर्ने रहर !

श्वेता खड्कामा आएको परिवर्तन सामाजिक सञ्जालको टाइम लाइनमा हेर्दा थाहा हुन्छ । लगभग दिनमा दुई चार फोटो पोस्ट हुन्छन् र सोही अनुसारका स्टाटस पनि । जबकि दुई वर्षअघि श्वेता फेसबुकमा निस्क्रिय जस्तै थिइन् । मान्छे परिवर्तन हुन पाउन्न भन्ने होइन । श्वेतामा पनि परिवर्तन आएको छ, ठूलो कुरा होइन तर यतिबेला श्वेता आफ्नै वचनमा फँसेको अड्कल सुरु भएको छ । 

पति श्रीकृष्ण श्रेष्ठको मृत्युलगत्तै श्वेताले आफूले जिन्दगीभर बिहे नगर्ने घोषणा गरेकी थिइन् । अहिले श्वेतालाई त्यही घोषणा भारी भएजस्तो लागेको छ । हालै श्वेताले दिएको एउटा अन्तर्वार्तामा आफूले कहिल्यै त्यस्तो नभनेको र अरु कसैले यत्तिकै भनिदिएको बताएकी छन् ।

यति मात्र होइन, उनले विभिन्न व्यक्तिको माध्यमबाट बिहेकोे कुरा भनाउन खोजिरहेकी छन् । श्वेताले बिहेकोे कुरा गरिन्÷गरिनन् त्यो आफ्नो ठाउँमा छ तर अहिले आएर यो कुरा उक्काउँदा कतै उनलाई बिहे गर्ने रहर त पलाएन भन्ने शंका उब्जेको छ । मनै भएपछि हाकाहाकीभन्दा भइहाल्छ, लामो बाटो किन हिँडिरहनु ?

Leave A Comment