पूजामाथि घेराबन्दी

शुक्रबार, २२ असार २०७५, ०४ : ३२ शुक्रवार
पूजामाथि घेराबन्दी

नाम चलेका कमेडी कलाकार । हिट निर्देशक÷हिरोइनको जोडी । पूजा शर्मालाई लागेको हुँदा हो यति भएपछि आफूले घोषणा गरेको डेटमा फिल्म जुधाउन अरु निर्माता डरले थुर्रर हुन्छन् । तर यो पाला खै किन हो, उल्टै उनले घोषणा गरेकै मितिमा फिल्म निर्माता आफ्नो फिल्म रिलिज गर्न आतुर देखिएका छन् ।

पूजा शर्माको लगानी रहेको फिल्म ‘रामकहानी’ले सुटिङमा नजाँदै भदौ २२ मा फिल्म प्रदर्शन गर्ने घोषणा गरेको थियो । अहिले सोही मितिमा बाँकी तीन फिल्म पनि आउने तर्खरमा छन् । 

भदौ २२मै ‘सुश्री सम्पत्ति’ले आउने घोषणा गरिसकेको छ भने जयकिशन बस्नेतले पनि ‘धूम ३’ सोही मितिमा सार्वजनिक गर्ने घोषणा गरिसकेका छन् । अझ पछिल्लो समय पूजाकै जोडी खेलेर चर्चा कमाएका प्रदीप खड्काले पनि ‘रोजी’ सोही मितिमा रिलिज गर्न निर्मातालाई दबाब दिइरहेको बुझिएको छ । अब यसलाई पूजामाथि घेराबन्दी नमानेर के मान्ने ?
 

Leave A Comment