पहिले हाईहाई, पछि ‘हाय’

शुक्रबार, २२ असार २०७५, ०४ : ३६ शुक्रवार
पहिले हाईहाई, पछि ‘हाय’

पल शाहको बुई चढेर रजतपटमा टिकिरहेकी छन्, आँचल शर्मा । पहिलो फिल्म ‘नाइँ नभन्नू ल ४’ खेल्दा नै पलसँग टाँका भिडाएकी आँचल उनकै सहारामा यहाँ छिन्भन्दा फरक पर्दैन । तिनै आँचललाई सफलताले मान्छेलाई अन्धो बनाउँछ भन्ने कुरा चरितार्थ हुन थालेको छ ।

उनको घमण्ड देखिएको हो, फिल्म ‘ब्ल्याक’को प्रेस मिटमा । यो फिल्मको कार्यक्रममा उनले पत्रकारले किन नयाँ फिल्म साइन नगर्नु भएको भन्ने प्रश्नमा घुमाएर मल्टिस्टार फिल्म ‘शत्रु गते’ खेल्दा खास फाइदा नभएकाले नयाँ फिल्म गर्न सचेत रहेको उत्तर दिएकी थिइन् । 

केही दिनअघिसम्म तिनै आँचल हुन्, जो ‘शत्रु गते’ र यसका निर्देशकको तारिफ गरेर थाक्दिनथिन् । रिलिजको समयमा पनि आफूले वरिष्ठको हाराहारीमा अभिनय गरेको भनेर फुइँ लगाइरहेकी थिइन् । उनलाई लागेको थियो होला, उनले अभिनयमा ठूलै छलाङ मारिन् । तर आफूलाई मात्र लागेर के गर्नु ?

अरुलाई पनि लाग्नु प¥यो नि ? फलतः उनलाई कुनै पनि गतिलो ब्यानरले फिल्म अफर गरेको छैन । यसपछि त उनलाई लागेको छ, ‘शत्रु गते’ हिट भएर पनि खास फाइदा भएन । त्यसपछि त उनले धेरै कलाकारको भिडमा फिल्म खेल्नु नै गलत भएको निष्कर्ष निकालेकी छन् । यसैलाई भन्छन्, पहिले हाईहाई पछि हाय !
 

Leave A Comment