नेपाली बजारमा भित्रियो वेल्ला

शुक्रबार, २२ असार २०७५, ०५ : ०६ शुक्रवार
नेपाली बजारमा भित्रियो वेल्ला

अमेरिकी बहुराष्ट्रिय सौन्दर्य प्रशाधन निर्माता कम्पनी कोटी इङ्कको एकाई कोटी प्रोफेसनल ब्यूटी नेपालमा भित्रिएको छ । कम्पनीको मुख्य हेयर केयर, हेयर स्टाइलिङ र हेयर कलर ब्राण्ड बेल्ला प्रोफेसनल्सको साथमा कोटी इङ्क नेपाली बजारमा ल्याएको हो । व्यापारिक समूह विशाल गु्रप नेपालका लागि वेल्ला प्रोफेसनल्सको वितरक साझेदार हो ।

‘नेपालमा बेल्ला लञ्च गर्न पाउँदा हामी निकै रोमाञ्चित छौं, हेयर केयर र स्टाइलिङमा विश्वमै निरन्तर शीर्ष ब्राण्डका रूपमा रहन सफल यो ब्राण्डको नेपालमा भविष्य उज्ज्वल हुनेमा म निकै आशावादी छु,’ विशाल गुप्रका निर्देशक अर्पित अग्रवालले भने । 

देशभरका १ सय ३० भन्दा बढी सैलुनका स्टाइलिष्टहरुले सहभागिता जनाएका यस लञ्च कार्यक्रममा यस सिजनको ‘ट्रेन्डी’ लुकहरु समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा वेल्ला प्रोफेसनल्स क्यापाबिलिटी व्यवस्थापक नितिन मन्चन्दाको समेत उपस्थित थियो ।

नितिनले वेल्ला प्रोफेसनल स्टाइलिङ प्रडक्ट र कलर प्रयोग गरी आधा दर्जनभन्दा बढी मोडललाई लेटेष्ट ग्लोबल ट्रेण्डका हेयर स्टाइल दिएर उनीहरुलाई विल्कुल फरक लुक्स दिएका थिए । लञ्च कार्यक्रममा कोटीका इण्डियन सब–कन्टिनेन्ट प्रोफेसनल एण्ड कञ्जुमर ब्यूटी महाप्रबन्धन पी के हरिहरणको समेत उपस्थिति थियो ।

Leave A Comment