महान खेलाडी जस्ले पाएनन् विश्वकप चुम्न

बुधबार, ०२ साउन २०७५, ०५ : २७ शुक्रवार
महान खेलाडी जस्ले पाएनन् विश्वकप चुम्न

जे–जस्तो नतिजा आइरहेको छ  । रुसमा जारी फुटबल विश्वकप २०१८ लाई अप्रत्यासित परिणामले भरिएको विश्वकपभन्दा फरक नपर्ला । विजेताको दावेदार मानिएका टोली मैदानबाहिर भए र फ्रान्सले उपाधी पायाे ।  

 आफ्नो टिमलाई विश्कप जिताउने सपना देखेका स्टार खेलाडीको सपनासमेत चकनाचुर भयो ।  विश्वकपको ट्रफी उचाल्ने लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, नेमारको सपना चकनाचुर भयो यो पटक पनि । 

अबको चार वर्षपछि सन् २०२२ मा कतारमा हुने विश्वकपसम्म यी खेलाडी मैदानमा टिकिरहे भने अर्को कुरा नत्र विश्वकप उचाल्ने उनीहरुको सपना सपनामै सीमित रहने पक्का छ । जसरी फुटबल खेलमा तीब्र परिवर्तन भइरहेको छ यी तीन खेलाडीको यो सपना पूरा हुने सम्भावना कमै देखिन्छ । मेसी र रोनाल्डोको उमेर बढ्दैछ भने नेमार चोटग्रस्त छन् । 

तर अभागी यी खेलाडी मात्रै हैनन् । यसभन्दा पहिला पनि व्यक्तिगत रूपमा उत्कृष्ट लयमा रहँदा पनि विश्वकप उचाल्न नपाएका महान खेलाडी अरुहरु पनि छन् । 

जोहान क्रुफ, हल्यान्ड
हल्यान्डका जोहान क्रुफलाई युरोपको इतिहासमा सबैभन्दा सफल फुटबलर मानिन्छ । सन् १९७४ मा पश्चिमी जर्मनीमा भएको विश्वकपमा उनले आफ्नो टिमको नेतृत्व गरेका थिए र टोटल फुटबललाई रणनीति बनाउँदै फाइनलसम्म पुगेका पनि थिए । तर फाइनमा उनको टिम जर्मनीसँग १–२ को गोल अन्तरबाट पराजित भयो । उनले तीनपटक गोल्डेन बलको पाए तर विश्वकप एकपटक पनि उचाल्न पाएनन् । 

फेरेन्स पुस्कास, हंगेरी–स्पेन
पुस्कास सर्वकालीन उत्कृष्ट फर्वाड खेलाडीको रुपमा परिचित छन् । सन् १९५२ को ओलम्पिकमा उनले आफ्नो टिमलाई स्वर्ण पदक दिलाएका थिए । त्यसको २ वर्षपछि स्विजरल्यान्डमा खेलिएको विश्वकपमा उनको टिम फाइनलसम्म पुगेको थियो र जितको मुख्य दावेदारसमेत मानिएको थियो तर पश्चिम जर्मनीसँग पराजित भयो । सन् १९६२ मा उनले स्पेनको नागरिकता लिए  र त्यही वर्ष चिलिमा खेलिएको विश्वकपमा सहभागी भए । तै पनि उनले विश्वकप उचाल्न पाएनन् ।

फिफाले उनलाई २० औं शताब्दीको अब्बल फुटबलरको सूचीमा राखेको थियो । व्यक्तिगत प्रदर्शनमा उनी उत्कृष्ट लयमा भए पनि उनले कहिल्यै विश्वकप जित्नुको स्वाद भने पाउन सकेनन् ।  स्पेन जानु अगाडि उनले अर्जेन्टिनाबाट समेत खेलेका थिए । तर उनी अर्जेन्टिनी टिममा हुँदा सन् १९५० र १९५४ मा अर्जेन्टिनाले विश्वकपमा भाग नै लिएन ।  त्यसपछि उनी स्पेन गएका थिए । तर १९५८ मा स्पेन विश्वकपमा छनोट नै हुन सकेन । त्यसको चार वर्षपछि चिलीमा भएको विश्वकपमा उनले चोटका कारण खेल्न सकेनन् । 

युसेबियो, पोर्चुगल
उनको जन्म मोजाम्बिकमा भएको थियो । त्यो बेलामा त्यहाँ पोर्चुगलको शासन थियो । उनलाई पोर्चुगलको पहिलो महान फुटबल खेलाडी मानिन्छ । सन् १९६५ मा उनलाई युरोपको सर्वश्रेष्ठ खेलाडीको रुपमा चयन गरिएको थियो । १०६६ मा बेलायतमा भएको विश्वकपमा उनको उत्कृष्ट लयका कारण पोर्चुगल सेमिफाइनलसम्म पुगेको थियो । तर त्यहाँबाट अगाडि बढ्न सकेन ।

जर्ज वेस्ट, उत्तरी आयरल्यान्ड
उत्तरी आयरल्यान्डको महान् फुटबलर जर्जले कहिल्यै विश्वकपमा सहभागी हुन पाएनन् । सन् १९६८ मा उनले आफ्नो टिम म्यानचेस्टर युनाइटेडलाई च्याम्पियन भने बनाएका थिए । उनी सो वर्ष युरोपको सर्वश्रेष्ठ खेलाडीसमेत चयन भएका थिए । 

म्याक्रो वेस्टन, हल्यान्ड
उनले एउटा मात्र विश्वकपमा सहभागी हुन पाए । सन् १९९० मा इटलीमा भएको विश्वकसमा उनी सहभागी भएका थिए । त्यो भन्दा अगाडि सन् १९८८ मा उनले आफ्नो टिमलाई युरोपियन च्याम्पियनसिपको उपाधि जिताएका थिए । सन् १९९२ मा उनलाई विश्वको सर्वश्रेष्ठ खेलाडी चयन गरिएको थियो । उनले तीनपटक गोल्डेन बल जितेका थिए । सन् १९९३ मा उनी २८ सालको थिए तर गम्भीर चोट लाग्दा उनले फुटबलबाट सन्यास लिन बाध्य भए । 


 

Leave A Comment