पत्रकारलाई रेखाको सुझाव

आइतबार, ०६ साउन २०७५, ०४ : ३१ शुक्रवार
पत्रकारलाई रेखाको सुझाव

एक हप्ताअघि एक अनलाइनले प्रकाशन गरेको स्मारिकामार्फत अभिनेत्री रेखा थापाले गुनासो गरेकी थिइन्, ‘पन्ध्र वर्ष भयो, मैले ‘ब्याक टु ब्याक’ हिट फिल्म दिएको, त्यो पनि एक्लैको भरमा । मैले हिरोइन पनि हिरो बन्न सक्छ भनेर देखाएँ तर आज मलाई मेघास्टार, महानायिका भन्न डराउँछन् । तिनै पत्रकार १–२ हिट फिल्म दिएको भरमा नयाँलाई ‘मेघास्टार’ भन्न हिच्किचाउँदैनन् ।’ 

उनको यो अभिव्यक्ति विवादमा आयो । ‘मेघास्टार’ र ‘महानायिका’ नभनेकोमा रेखाको चित्त दुखाई भन्ने आशयका खबरहरु अनलाइनमा छाए । धेरैले यो अभिव्यक्ति अनमोल केसीप्रति लक्षित अनुमान गरेका थिए । 

सायद यसले रेखालाई निकै तनाव दियो, त्यसैले आफ्नो फिल्म ‘मालिका’को गीत लन्च कार्यक्रममा उनले यस विषयमा लामो स्पष्टीकरण नै दिइन् । ‘मेरो आशय नामको पछाडि पद चाहियो भन्ने थिएन तर यसलाई गलत अर्थमा लिइयो,’ उनले ठूलो गुनासो पोखिन्, ‘रेखा थापालाई कुनै पद चाहिँदैन । म त त्यसै पनि सबैको प्रिय मान्छे हो । म न स्टार हुँ, न मेघास्टार, न महानायिक नै । मभित्र नायक छ । म असल मान्छे हुँ र असल कलाकार मात्रै हुँ । त्योभन्दा बढी मलाई केही कुराले सम्बोधन गर्नुपर्दैन । मलाई दर्शकले सम्बोधन गरिदिए पुग्छ ।’

आशलाग्दा कलाकारलाई आवश्यकताभन्दा धेरै फुर्काउनु उनीहरुको भविष्यका लागि हानिकारक हुने उनको तर्क थियो । ‘नर्सरी क्लास नै नपढेको मानिसलाई एसएलसी पास भइसकी भन्ने खालको प्रशंसा गर्नु कतिको उपयुक्त होला ?’ उनको प्रश्न थियो ।

अहिले सम्भावना देखाएका कलाकारप्रति आफूले ईष्र्या नगरेको उनको स्पष्टीकरण थियो । ‘नयाँ आउने कलाकारलाई प्रोत्साहन गर्ने हो, तर यसको पनि लिमिटिसेन हुन्छ । ताकि त्यसले पछि गएर उसलाई नै ह्यारेस्मेन्ट नहोस्,’ उनले कार्यक्रममा भनिन्, ‘हामीले जसलाई आशालाग्दो कलाकार मानिरहेका छौं उनीहरुलाई ग्रो हुन दिनुप¥यो, अगाडि बढ्न दिनुपर्याृे । एकैचोटी क्राउन लगाइदिएर थेग्न नसक्ने अवस्थामा नपु¥याइदिऊँ ।’ 


 

Leave A Comment