पहिले खान्न, अहिले नभइहुन्न

आइतबार, ०६ साउन २०७५, ०४ : ३५ शुक्रवार
पहिले खान्न, अहिले नभइहुन्न

पद भनेपछि मान्छेलाई आफूले बोलेको कुराको पनि हेक्का हुने रहेनछ । निकिता पौडेलले फेरि एक पटक यही सत्य चरितार्थ गरेकी छन् । अघिल्लो आइतबार चलचित्र विकास बोर्डको अध्यक्ष पद हातबाट चिप्लिएपछि उनले प्रधानमन्त्रीलाई खुला पत्र लेख्दै आफूलाई काम गर्न पद नै नचाहिने ध्वाँस दिएकी थिइन् ।

यति मात्र हैन, पछि एउटा अनलाइनमा पनि उनले आफू अदालत गए, पद फिर्ता पाउन सक्ने तर आफू अदालत जाने पक्षमा नरहेको बताएकी थिइन् । तर आफैंले बोलेको कुरा लत्याउँदै निकिताले अदालत जाने मात्र होइन, स्टे अर्डर पनि लिएकी छन् । आइतबार मौलिक हक हनन् भएको भन्दै पद थमौतीका लागि अदालत पुगेकी उनले मंगलबार अदालतबाट स्टे अर्डर लिएकी थिइन् ।

निकिताले पद थमौतीका लागि कानुनको सहारा लिइन्, यसमा केही आपत्ति छैन । तर उदेक लाग्ने कुरा, उनलाई पद चाहिएकै रै’छ त किन जान्ने भएर प्रधानमन्त्रीलाई खुला पत्र लेख्नु ? अदालत जान्नँ भनेर ठूला कुरा गर्नु ? पद चाहिन्न भन्ने मान्छ फेरि पदकै लागि मरिमेटेको देख्दा, निकितालाई के भएको छ कुन्नी, हामीलाई त कुरीकुरी लागेको छ ।
 

Leave A Comment