सौगात पथमा सृष्टि

आइतबार, ०६ साउन २०७५, ०४ : ४१ शुक्रवार
सौगात पथमा सृष्टि

फिल्म साइन गर्ने बेलामा सौगात मल्लको एउटा सर्त हुन्छ, ‘टेलिभिजन अन्तर्वार्तामा नजाने ।’ निर्माताले सोच्छ, टेलिभिजनमा नजाने होला ठीकै छ, तर बाँकी माध्यममा त जाने होला नि ! तर निर्माता त्यतिबेला फ्ल्याँट खान्छ, जब सौगातले अरु अन्तर्वार्तामा पनि उपस्थिति जनाउँदैनन् ।

सृष्टि श्रेष्ठले अहिले सौगातको त्यही गुण टपक्क टिपेको टिप्पणी हुन थालेको छ । पहिलो फिल्म ‘गाजलु’को बेला जतिबेला जहाँ पनि आइपुग्ने सृष्टिलाई अहिले ‘रोमियो एन्ड मुना’ले कहीँ पनि हिँडाउन सकेको छैन । मिडियाले जब–जब सृष्टिलाई खोज्छ, त्यसबेला सृष्टि कि त बिरामी भएको बहाना कि त व्यस्त भएको बताउने गरेकी छन् । उनको यो व्यहोराले फिल्मको टिम त दिक्क छँदैछ, पत्रकार पनि दिक्क भएका छन् । उनले समय दिँदै क्यान्सिल गराउँदै गर्ने गरेकी छन् ।

यो देखेपछि धेरैले सृष्टिलाई पनि सौगातको रोग सरेको टिप्पणी गर्ने गरेका छन् । कारण, अचेल सृष्टि र सौगात अफेयरमा मात्र होइन, सौगातको बसोबास नै सृष्टिको अपार्टमेन्टमा हुने गरेको चर्चा छ । सिक्नै परेपछि सृष्टिले सौगातको राम्रो बानी सिक्या भए हुने, आफ्नै खुट्टामा बन्चरो हान्ने कस्तो बानी सिक्या !
 

Leave A Comment