आस्थाको अंगालो प्रस्ताव

आइतबार, ०६ साउन २०७५, ०४ : ४४ शुक्रवार
आस्थाको अंगालो प्रस्ताव

विश्वकप फाइनलमा फ्रान्ससँगको हारपछि क्रोएसियाकी राष्ट्रपतिले आफ्ना खेलाडीप्रति देखाएको आत्मिय व्यवहार अहिले चर्चामा छ । पानीमा रुझ्दै आफ्ना देशका खेलाडीलाई अँगालो मार्दै उनले सान्त्वना दिएको दृश्य हेर्न लायक थियो । आफ्नो देशको टिमलाई हराउने फ्रान्सका खेलाडीसँग वैरभाव बिर्सिएर उनले उस्तै आत्मिय रुपमा अँगालो मार्दै बधाइ दिइन् ।

नेपालमा पनि महिला नै राष्ट्रपति । त्यताको दृश्य देखेर भावुक भएका नेपालीले क्रोएसियाको राष्ट्रपतिको व्यवहारलाई नेपालसँग जोड्न भ्याइहाले । यसले गायिका आस्था राउतको पारो तातेछ । उनले फेसबुकमा प्रतिक्रिया दिँदै नेपालको राष्ट्रपतिले अँगालो नमारेकोमा चित्त दुखेको हो भने त्यस्तालाई आफैँले धित मर्नेगरी अँगालो मारिदिने प्रस्ताव गरिन् ।

‘नेपालको संस्कारअनुसार झ्याम्मै मुई खाने र अँगालो मार्ने चलन छैन । झन् ५०–६० नाघेकाले त भरसक आफ्नो श्रीमान्बाहेक अरुलाई छुँदा पनि छुँदैनन्,’ उनले फेसबुकमा लेखेकी छन्, ‘यदि अंगालो नमारेकै गुनासो हो भने प्रेसिडेन्टको साटो म नै धित मर्ने गरी अँगालो मारिदिउँला !’
 

Leave A Comment