मोबाइल प्रोटेक्सन प्लान

आइतबार, ०६ साउन २०७५, ०६ : ५३ शुक्रवार
मोबाइल प्रोटेक्सन प्लान

मेरो सुरक्षा प्रालिले मोबाइल हराए, चोरिए या ड्यामेज भए नयाँ मोबाइल दिने प्रोटेक्सन प्लान ल्याएको छ । प्रालिका अनुसार स्मार्टफोन ड्यामेज भए, हराए वा चोरी भए मोबाइलका प्रयोगकर्ताले प्रोटेक्सन प्लानअन्तर्गत नयाँ मोबाइल पाउनेछन् । 

यसका लागि सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रूपमा मेरो सुरक्षालाई भुक्तान गर्नु पर्नेछ । प्रयोगकर्ताले गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट मेरो सुरक्षा नामको मोबाइल एप इन्स्टल गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नुपर्ने हुन्छ । प्लान एक्टिभेट गर्दा खल्ती, आई पेका साथै १५ वटा वाणिज्य बैंक र डोर टू डोर अप्सनबाट रकम भुक्तानी गर्न सकिने मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले बताए ।
 

Leave A Comment