‘जय शम्भू’को गाईजात्रा

आइतबार, १३ साउन २०७५, ०८ : १० शुक्रवार
‘जय शम्भू’को गाईजात्रा

विहीबार फिल्म ‘जय शम्भू’को गीत रिलिज भयो । उक्त गीत रिलिज कार्यक्रममा नायक अनुपविक्रम शाहीबाहेक प्रायः सबैजसो कलाकार भेला भएका थिए । गीत रिलिज कार्यक्रम भएकाले पनि त्यहाँ चर्चा गीत संगीत, छायांकन र सेट डिजाइन हुनुपथ्र्याे, किनभने फिल्मको सेट डिजाइन र कोरियोग्राफीमा लगभग २० लाख खर्चिएको बताइएको थियो । 

यति धेरै पैसा खर्चिएका निर्मातालाई पत्रकारले कडा प्रश्न तेर्स्याइरहेका थिए तर प्रस्तुतकर्ता तथा निर्माता दिनेश शाही चुप थिए । उनले केही समयअघि फिल्म निर्माणमा ढिलाइ भएको र धेरै खर्च बढेको भनी फिल्म निर्देशकको आलोचना गरेका थिए ।

तर निर्माता शाहीले त्यस आलोचना लुकाउन हो कि साँच्चै पीडित भएर हो, मुख खोल्न चाहेनन् । उनले आफ्नो दाँत दुखेकाले उत्तर दिन नसक्ने भन्दै पन्छिए । 

त्यसैगरी फिल्मका निर्देशक रुपेश तामाङ पनि निद्रा लागेको भन्दै कार्यक्रममा उपस्थित नै भएनन् । रातभर ट्रेलर कटिङमा व्यस्त भएकाले उनी आफ्नै फिल्मको प्रचार कार्यक्रममा उपस्थित हुन सकेनन् । उनलाई निद्राले यति छोप्यो कि कार्यक्रम छुटाउन राजी भए तर निद्रा छुटाउन तयार भएनन् । उता नायक अनुपविक्रम शाही पनि सुटिङ परेकाले आउन नभ्याएको बताइयो । 

‘जय शम्भू’को गीत रिलिज कार्यक्रममा निर्माताको दाँत दुख्यो, निर्देशकलाई निन्द्रा लाग्यो, कोही व्यस्त भएर आउन भ्याएनन्जस्ता बहाना बनाउन थालियो भने कतै फिल्म हलमा प्रदर्शन सुरु हुँदा पनि कुनै दर्शकलाई निद्राले च्याप्ने, कोही अस्वस्थ र कोही व्यस्त हुने भइदियो भने कस्तो होला !
 

Leave A Comment