स्विमिङ कस्ट्युममा बाेल्ड प्रिय‌ंका

आइतबार, १३ साउन २०७५, ०८ : १५ शुक्रवार
स्विमिङ कस्ट्युममा बाेल्ड प्रिय‌ंका

बिहे बन्धन अर्थात् नयाँ सम्बन्धमा बाँधिएपछि धेरै नेपाली अभिनेत्रीहरु फिल्म क्षेत्रमा निष्क्रिय भए । अभिनेत्री प्रियंका कार्की भने इङ्गेजमेन्ट गरेको भोलिपल्टै काममा सक्रिय देखिइन् ।

मिस भुटान युएसएको कोरियोग्राफी गर्न आयुष्मान देशराज श्रेष्ठसँग इङ्गेजमेन्ट गरेको भोलिपल्टै उनी अमेरिका उडिन् । यतिसम्म त ठीकै छ, अमेरिका पुग्नेबित्तिकै उनले आफ्नो इन्स्टाग्राममा टु पिसमा खिचिएका केही बोल्ड तस्बिरसमेत हालिन् ।

स्विमिङ पुलमा स्विमिङ कस्ट्युम लगाएर खिचिएका ती हट तस्बिर सामाजिक सञ्जालमा ‘हटकेक’ बने । इङ्गेजमेन्टलगत्तै प्रियंका झन्झन् बोल्ड किन भइन् ? बजारमा गाइँगुइँ छ, आयुष्मानसँग सम्बन्ध गाँसेपछि पनि आफ्नो बोल्ड छविमा प्रियंका कुनै परिवर्तन ल्याउन चाहँदिनन् । र, यो त्यसकै संकेत हो ।  
 

Leave A Comment