अब सोलो नखेल्ने कि ?

आइतबार, १३ साउन २०७५, ०८ : १९ शुक्रवार
अब सोलो नखेल्ने कि ?

चाहे अनमोल केसीको साथी बनेर ‘होस्टेल’ र ‘गाजलु’ खेल्दा होस् या सलिनमान बानियाँसँग ‘ए मेरो हजुर–२’मा काम गर्दा, अभिनेता सलोन बस्नेतको सधैं ‘हाई हाई’ नै भयो ।


फिल्ममा उनलाई ‘सपोर्टिङ’ रोलमा राखिएको हुन्थ्यो तर फिल्म रिलिज भइसकेपछि उनी ‘लिड’को भन्दा बढी तारिफ बटुल्थे । सहयोगी भूमिका पाएका फिल्ममा हलमा चले पनि । एक साताअघि भने जब सलोन एक्लै सोलो अभिनेताका रुपमा फिल्ममा देखिए, फिल्म फ्लप भइदियो ।

आफ्नै बुबा शोभित बस्नेतले निर्देशन गरेको ‘बाबु कान्छा’ उनलाई फापेन । जहाँ आफ्नै प्रेमिका करिष्मा श्रेष्ठ फिल्मभित्र जोडिन्थिन् ।  अरूका फिल्म खेल्दा तारिफ बटुल्ने सलोनलाई यो फिल्म हेरेपछि कसैले फुर्काएन । सायद सलोनलाई मल्टिस्टारर फिल्म मात्रै फापेको हुनुपर्छ । त्यसैले सलोनले अबदेखि सोलो नेखेल्ने पो हो कि ? 
 

Leave A Comment