केकीकाे अस्त्र, केकीलाई प्रहार

आइतबार, १३ साउन २०७५, ०८ : २२ शुक्रवार
केकीकाे अस्त्र, केकीलाई प्रहार

आफूले खनेको खाल्डोमा आफै‌ं परियो भने कस्तो महसुस होला ? सायद यो प्रश्नको गतिलो जवाफ अहिले अभिनेत्री केकी अधिकारीसँग मात्र छ । केही समयअघिदेखि उनी सामाजिक सञ्जालमा निरन्तर निष्पक्षताका कुरा उठाइरहेकी छिन् । आफ्ना प्रत्येक पोस्टका पछाडि लेखिरहेकी छिन्, ‘नट फेयर’ ।

जस्तो ः ‘बाडुक्ली मेरो, सम्झना तिम्रो, नट फेयर’, ‘व्रत मेरो, आयु तिम्रो, नट फेयर’, ‘आँखा मेरो, खोजी तिम्रो, नट फेयर’, ‘हात मेरो, पेनाल्टी तिम्रो, नट फेयर’ लगायत । रोचक त के छ भने उनकै अस्त्र ‘नट फेयर’ उनैलाई प्रहार भइरहेको छ । 

केही समयअघि केकीले हिन्दी फिल्म ‘मुम्बई एक्सप्रेस’को कथा र प्रस्तुति कपी गरेर आफैँ फिल्म निर्माण गरेकी थिइन्, ‘कोहलपुर एक्सप्रेस’ । अहिले फ्यानहरु उनले लेख्ने ‘नट फेयर’का स्टाटसमुनि उल्टै व्यंग्य गरिरहेका छन्, ‘मुभी नेपालको, कहानी भारतको, नट फेयर’, ‘हिन्दी– मुम्बई एक्सप्रेस, नेपाली– कोहलपुर एक्सप्रेस, नट फेयर ।’

Leave A Comment