अर्को जन्मबारे वेन्डी

बिहिबार, ०६ जेठ २०७३, ०३ : ०८
अर्को जन्मबारे वेन्डी

हलिउड अभिनेत्री वेन्डी राक्वेल रोबिन्सोलाई अर्को जन्मबारे प्रश्न सोध्दा उनले भनिन्, ‘बालमनोविज्ञान विषय लिएर पढ्ने थिएँ ।’ हालसालैको एउटा अन्तर्वार्तामा उनलाई ‘अर्को जन्ममा अभिनेत्री हुन नपाउने हुनुभयो भने के बन्न मन छ ?’ भनी सोधिएको थियो । जवाफमा उनले भनिन्, ‘बालमनोविज्ञान विषय लिएर पढ्ने थिएँ । किनभने, केटाकेटी भनेपछि म हुरुक्कै हुन्छु ।’
यही जन्ममा पनि आफूले ‘चाइल्ड साइकोलोजी’को क्षेत्रमा केही काम गर्नेबारे सोचेको भए पनि परिवेशले आफूलाई अभिनय क्षेत्रतर्फ उन्मुख गराएको उनले बताइन् । यसको मतलब अभिनय क्षेत्रबाट आफू असन्तुष्ट र निराश भने नरहेको उनले प्रस्ट पारिन् ।

Leave A Comment